शिक्षक नबदलिए विद्यार्थी बदलिदैन, विद्यार्थी नबदलिए विद्यालय बदलिदैन

काठमाडौँ /१ कार्तिक – जर्मन, रुस, भारत ,चिन र नेपालको हावापानी फरक छ । तर, शिक्षक नबदलिएमा विद्यार्थी बदलिदैन विद्यार्थी नबदलिएमा विद्यालय बदलिदैन विद्यालय नबदलिएमा समाज बदलिदैन समाज नबदलिए देश बदलिदैन् तर नेपाल जताततै बदलिएको छ । भाषा, संस्कार, संस्कृति र सभ्यतामा पनि ।


शिक्षा पनि बदलियो करिब करिब नपढेको मानिस अब मुस्किलले पाइन्छ । पक्की बाटो नभएपनि अस्थायी बाटो धेरै ठाउँमा देख्न पाइन्छ । हिजो सडकमा गोर्खा भर्ती केन्द्र बन्द गर भन्नेहरू सत्तामा छन वा पश्चिममा मुलुकमा सयर गरिरहेका छन्, वा देशमा बसेर नेपाली युवा विदेशमा पैसा हुने जति अध्ययनको लागि बेचिरहेका छन्वा भुटानी शरणार्थीको नाममा नेपाली बेचिरहेका छन्, वा पैसा नहुनेहरू अरबीयन मुलुकमा कामदारको रूपमा बेचिएका छन् । नबेचिएको ठाउँ नै छैन ।


आज गाउँ करिब खाली भैसकेको छ भने शहर पनि विस्तारै खाली हुँदैछ । शिक्षा हिजो नै बेचिएको रहेछ। कसैले पत्तो नै पाएनन । किन रु किनकि विज्ञ विदेशी थिए । जब विज्ञ विदेशी हुन्छ उ भित्रको संस्कार पाठ्यक्रम र पाठ्यपुस्तकमा भरिएको हुन्छ । त्यही संस्कार र सीप विद्यार्थी सिक्दै जान्छ, अन्तमा उ आफूलाई बिर्सन्छ र थाहा नै नपाइकन परजीवी भैसकेको हुन्छ । आज त्यही भएको छ नेपालमा ।


तीसौँ चालिसको दशकमा नेपालमा संस्थागत विद्यालय फस्टाउन थाले, अङ्ग्रेजी भाषाको मोह सबैमा बढ्न थाल्यो, नेपालका विद्यालयमा पढाइ भैरहेका संस्कृत भाषा हटाइयो, नैतिक शिक्षा हटाइयो, प्राविधिक विषयहरू हटाइयो, संस्कृत विश्वविद्यालयमा आगजनी, तोडफोड गरियो अनि विद्यालयमा नेपाली भाषा बोलेकोमा विद्यार्थीलाई जरिबाना तिर्न लगाइयो, अभिभावक खुसी भएर तिर्न राजी भए । त्यसैले त आज प्रत्येक वृद्धाको सिरानी आँसुले भिजेको हुन्छ ।


हिजो शिक्षा नहुँदा पनि साथमा सन्तान थिए । विरामी हुँदा उपचार गर्ने पैसा नहुँदा पनि आडमा रहेर सँगै थिए । घाउमा गाउँमा पाइने जडीबुटीका लेप लगाइदिन्थे र मरिहालेमा कमसेकम अन्तिम काजक्रिया त गर्ने थिए । तर, आज बैँकमा पैसा होला तर निकालिदिने कोही छैन, के खान्छस भनेर सोधिदिने पनि कोही छैन, जताततै डरलाग्दो तस्विर कोरिएको छ र केही र कोही आफन्तजन नभएको अवस्थातिर उन्मुख छ । किनकि शिक्षाले बाटो बिराएको छ ।


सबै कुराले सम्पन्न नेपाल : सभ्यता मात्रै छ वटा :


१. सिन्जा सभ्यता

२. मगरात सभ्यता

३. नेवा सभ्यता

४. मिथिला सभ्यता

५. किराँत सभ्यता

६. थारू सभ्यता


आज यी सभ्यताको वारेमा नेपालीलाई नै थाहा नहुने अवस्था भैसकेको छ । त्यस्तै गरी भाषा र संस्कृति पनि विस्तारै ओझेलमा परिसकेको छन् । किन रु किन कि मानव सभ्यता, संस्कार र संस्कृतिको वारेमा पढ्ने विद्यार्थी छैनन् । किन रु किन कि तिनको महत्वको वारेमा शिक्षाले बुझाउन सकेन । व्यवहारिक ज्ञान दिलाउन सकेन । शिक्षाले त पण्डित रामकृष्णले झै जुक्ति निकाल्न सक्नुपर्ने हो तर, त्यसो हुन सकेको छैन । कुनै कालखण्डमा पण्डित रामकृष्णले सबै समस्याको समाधान गर्न सक्छन भन्दै गर्दा गधालाई समेत शिक्षा दिनुपर्ने भयो । उनलाई जबरजस्ती तरिकाले गधालाई शिक्षा दिनुपर्ने थियो । गधाको नाम वुद्धीराम थियो । कसैले उसलाई गधा भनिदिएमा उसले खेदीहाल्थ्यो ।


गधाले पो राज गरेको अवस्था भयो । पण्डित रामकृष्णले त्यस गधालाई पुस्तक पढाउनु थियो । उसले पढे नपढेको बुझे नबुझेको कुरा राज सभामा दर्साउनु थियो । यो काम उनले तीन रातमा नै पुरा गर्नुपर्ने थियो । यो जटिल काम पनि पण्डित रामकृष्णले सुल्झाउनु पर्ने थियो । उनलाई गधाको वारेमा केही थाहा थिएन । तर पनि यसलाई शिक्षा त दिनै थियो । उनको सानो बच्चा साथीलाई केही श्लोकहरू कण्ठस्थ गर्नु थियो । उसले कण्ठस्थ गर्न नसकेको अवस्थामा गुरुको दण्ड भोग्नुपर्ने थियो । त्यसैले उसले पण्डित रामकृष्णसँग कसरी श्लोकहरू कण्ठस्थ गर्न सकिन्छ भनेर सोधेका थिए ।


रामकृष्णले कोही कसैले पनि सुगाजस्तो हुनुहुँदैन । श्लोक कण्ठस्थ गर्नको लागि प्रत्येक शब्दको अर्थ बुझ्नुपर्छ भनेर बताइदिनुभयो । त्यति विचार पाएपछि त्यो सानो बालक रातको समयमा श्लोकहरू कण्ठस्थ पार्न सफल भयो । उसले श्लोकहरू कण्ठस्थ गर्ने बेलामा सँगै बाधेर राखेको गधाको डोरी खोलिदिन्छ । बिहान सबेरै पण्डित रामकृष्ण सपनामा ब्युँझन्छन र गधा भएको स्थानमा जान्छन् ।


उनले गधाले जताततै फोहोर गरेको देख्छन् र एक टोकरीमा रहेको साग खाएको देख्छन् । गधाले फोहोर गरेको देखेपछि कसले दाम्लोबाट छुटकारा दिएको भनी प्रश्न गर्छन् । श्लोक कण्ठस्थ गर्दै गरेको बालकले आफूले खोलिदिएको हो भनी जवाफ दिन्छ ।
किन खोलेको त बुद्धीरामलाई रु मेरो गुरुले मेरो टुप्पी डोरीले बाधेर रुखमा बाधिदिँदा मलाइ धेरै पिडा भएको थियो । त्यसैले यसलाई पनि आफैँलाई जस्तै पिडा भयो होला भनेर भनेपछि रामकृष्ण चुप लागे र ती दुवै भएर गधाको लादो सोरे सरसफाइ पनि गरे । पण्डित रामकृष्णले त गधालाई पढाउनुथियो । कसैलाई लागेको थिएन पण्डितले गधा पढाउन सक्छन भनेर । उनलाई दुख दिनु थियो र राजाबाट टाढा पारिदिनु थियो ।


यसै बेलामा उनलाई गधा हरियो घाँस प्रति आकर्षित भएको देखेर उनले पनि जुक्ति लगाए । उनले सुरुमा पुस्तक अगाडि राखेर आफूले पढेर उसलाई अनुसरण गर्न लगाए । उसले कुनै प्रतिक्रिया दिएन । एक रात बितिसक्यो । अब दुई रातमा उसलाई पुस्तक पढ्ने बनाउनु छ । दोस्रो रातमा उनी सुते । निद्रामा उनी ब्युँझिए । उनले समाधान पाए । जब निद्राबाट ब्युँझिएका थिए उनी बुद्धीरामसँग पुस्तक लिएर गए । उनले त्यही जुक्ति लगाए । उनी सफल पनि भए ।


तेस्रो दिन राजसभामा बुद्धीरामलाई लिएर गए । कोही कसैले उसलाई गधा भनेको सुनेमा उसले खेदिहाल्थ्यो । जब दरबारको राजसभामा उनी बुद्धीरामलाई लिएर गए, राजाले सोधे पण्डित रामकृष्ण गधालाई पढाउन सक्नुभयो त रु पण्डित रामकृष्ण अब उ पढ्न सक्छ महाराज । त्यसोभए पढ्न लगाउ । बुद्धीरामको अगाडि पुस्तक राखिदिए । बुद्धीराम सरासर पुस्तकका पान्ना पल्टाउन थाल्यो र पुरा पुस्तक पढिदियो । पढिसकेपछि उसले दाँत देखाउँदै दङ्ग पर्यो । अरू पनि सबै दङ्ग परे । रामकृष्णले उसले पढेको नबुझेको भए उसैलाई सोध्नु भनिदिए ।


अन्तमा राजाले सोधे पण्डित कसरी गधालाई पढाउन सफल हुनुभयो रु मैले बुद्धीरामको आवश्यकता र रुचि पत्तालगाँए र त्यसपछि सोही अनुसारको जुक्ति लगाए । कस्तो जुक्ती रु बुद्धीराम हरियो घाँसदेखि हुरुक्ककै हुँदोरहेछ । मैले प्रत्येक पेजमा दुईचारवटा घाँसका त्यान्द्रा राखिदिए । त्यही घाँसको लागि बुद्धीरामले पुस्तकका पन्ना पल्टाउन थाल्यो। अव मलाई पनि लाग्यो म आफूले पाएको जिम्मेवारी सफल जुक्तिका साथ सफल गराएँ। बुद्धीरामलाई पुस्तक पढ्न सक्ने बनाएँ । यदि कोही कसैले चित्त नबुझाएमा बुद्धीरामसँग नै बुझ्न पनि भने ।


मानिस गधालाई त पढ्न सक्ने बनाउछ भने अरूलाई किन सक्दैन र रु त्यसो भए नेपालमा के भयो रु राजनैतिक दृष्टिकोण स्पष्ट भएन किन रु किनकि जर्मन, रुस, चिन र नेपालको हावापानी फरक छ । नेपाल भित्रकै मानिसहरूको आचरण, क्षमता, रुचि र आवश्यकता फरक छ तर पढाइयोः कार्ल मार्क्सको बारेमा, हिटलरको बारेमा, माओको बारेमा । तर, जलाइयो संस्कृतका पुस्तकहरू ढलाइयो पृथ्वीनारायण शाह र महेन्द्रका शालिकहरू भनियो भारतीय विस्तारवाद मुर्दावाद तर नेपालको माटो बाँझो राखेर धान, चामल तरकारी, खशी बोका राँगा त्यहीबाट आयात गरियो, अनि अमेरिकी साम्राज्यवादका मुर्दावाद भनियो त्यहीँका गोलिबारुद खरिद गरेर नेपालीलाई मार्न लगाइयो, आफ्नो भाषा मासेर अङ्ग्रेजी पढाइयो ।


अनि परिवर्तन भएन त रु बुझ्नु परेन त कहाँ चुक्यौ रु जब कुनै राष्ट्र शिक्षामा चुक्छ, ढिलो चाँडो त्यो राष्ट्र उदोगतिमा लाग्छ । जुन देश परनिर्भरतामा रमाउँछ, उदोगति निश्चित छ । त्यसैले अव शिक्षाको भाष्य परिवर्तन गर्नु छ । हिजो भनिन्थ्योः घोकन्ते विद्या धावन्ते खेती सेवन्ते राजा । विद्यालाई कण्ठस्थ मात्र होइन हातमा सीपसहितको चाहियो । धावन्ते खेतीमा आधुनिक प्रविधिको प्रयोग चाहियो र राजाको सेवा होइन जनतालाई मालिक सोची उनीहरूको जीवनस्तर उचाल्ने मार्ग चाहियो ।


नेपाल सदैव स्वतन्त्र र लामो इतिहास सहित ६ वटा सभ्यताको धनी मुलुक, हावा पानी माटो र जनशक्ति हुँदा हुँदै पनि अधोगतिमा लाग्नु दुर्भाग्य हो । हिमाल पहाडमा जडीबुटी, ६ वटा सभ्यता भित्रका संस्कार र संस्कृति, हिमालको हिउँ, प्राकृतिक र मानव निर्मित सम्पदा हावा , पानी र माटोको सही सदुपयोग गरिदिने हो भने मात्रै एक दशकमा नेपाल प्रत्येक क्षेत्रमा आत्मनिर्भर हुनेछ ।


राजनीति सबै भन्दा माथिको नीति हो र यही नीति सही अर्थमा लागेमा समाज सकारात्मक रूपमा परिवर्तन हुनेछ । राजनीति होस वा अन्य क्षेत्रमा लाग्ने मानिस जबसम्म उ एक्लो हो, जिईरहेको छ कर्मको लागि र लोभलाई त्याग्न सक्दैन र लगनशील हुनसक्दैन उसले मानव समाजलाई दिशा निर्देश गर्न सक्दैन ।


नेपालले शिक्षा, स्वास्थ्य, संचार र सडक निर्माणमा धेरै अगाडि बढेको छ सुन्दर पक्ष तर शिक्षित जनशक्ति अर्ध शिक्षित जनशक्ति नेपालमा रहन खोजेको छैन । यही स्थान हो जहाँ नेपालको शिक्षा चुकेको छ ।


लेखक चन्द्र कान्त पण्डित पशुपति मित्र माध्यमिक विद्यालय चाबहिल काठमाडौँका नि। प्रधानाध्यापक हुन् ।