आज नवरात्रीको चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिदैँ

काठमाडौँ /१ कार्तिक – नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा, आराधना गरेर मनाइदैँ छ । असोजको शुल्क चतुर्थीको दिनमा कुष्माण्डा देवीको विभिन्न शक्तीपीठहरू तथा घरघरमा घुमघामसँग पूजा गरिन्छ ।


विभिन्न ग्रन्थहरूको अनुसार कुष्माण्डा देवीको कृपाले नै संसार उत्पन्न भएको हो । जीवित तथा निर्जिव वस्तुहरू उनको कृपाले गर्दा नै उत्पन्न भएको मान्यता रहेको छ । यी देवीको आठ वटा हात भएको हुनाले उलाई अष्टभुजा पनि भन्ने गरिन्छ । देवीको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा रहेको हुन्छ । आठौँ हातमा सबै सिद्धि तथा निधि प्रदान गर्ने सक्ने माला रहेको हुन्छ ।


देवीको दुई हातमा रक्तपूर्ण घडा रहेको छ । यी दुई घडा सृष्टिको आधारभूत वस्तु रहेको मान्यता छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तपःशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सूर्यमण्डल सञ्चालन गरेको देवीभागवत लगायतका ग्रन्थहरूमा उल्लेख छ । उनको पूजा आरधाना गर्दा बलि चढाउने परम्परा पनि रहेको छ ।