संसद सचिवालयमा शिक्षा विधेयकमा संशोधन दर्ता

काठमाडौँ /२३ असोज – शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि विभिन्न दलका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नेपाल शिक्षक महासङ्घ र विभिन्न शिक्षक तथा विद्यालय कर्मचारीहरूको अनुरोधमा सांसदहरूले संसद सचिवालयमा दर्ता गराएका हुन् ।


नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार महासङ्घले तयार गरेको ६१ बुँदे संशोधन प्रस्ताव जस्ताको तस्तै राखी संसद सचिवालयमा सांसदहरूले संशोधन दर्ता गराएको बताएका छन् ।


हालसम्म नेपाली काँग्रेसकाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माननीय सांसदहरू रमानाथ अधिकारी, हृदयराम थानी, देव प्रसाद तिमिल्सिना, मैना कार्की, रुपा विश्वकर्मा र मुक्ता कुमारी यादव रहेका छन् । नेकपमा एमालेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माननीय सांसद बलराम अधिकारी,अम्बरबहादुर रायमाझी, मेनुका कुमारी पोखरेल, रुक्मिणी राना बराइली , शान्ति श्रेष्ठ र नारायण प्रसाद आचार्यले दर्ता गराए ।


त्यसैगरी नेकपा माओवादी केन्द्र , नेकपा समाजवादी, जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले असोज २४ गते तोकिएको समयमा दर्ता गराउने तयारीमा रहेको महासङ्घले जानकारी दियो ।क्रममा हुनुहुन्छ । सबै सांसदहरूले महासङ्घले तयार गरेको ६१ बुँदे संशोधन प्रस्ताव जस्ताको तस्तै राखी संसद सचिवालयमा संशोधन दर्ता गराएको बताए ।