स्याङ्जा /२२ असोज – स्याङ्जाको वालिङ नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ । सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको हो ।
पालिकाले पहिलो चरणमा २४ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यपक चयन गर्ने निर्णय गरेको नगर प्रमुख कृष्ण खाँणले बताए । उनले नगरभित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरक कायम गर्नका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरिएको खबर एजुकेशनलाई बताए ।
पालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकलाई विभिन्न चरणमा क्षमता अभिवृद्धि र शिक्षण सिकाई सम्बन्धी प्रशिक्षण निरन्तर दिँदै आएको छ । यो सँगै खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको हो ।
साथै वालिङ नगरपालिकाभित्रका शिक्षकहरुले आधारभुत तहमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक र माध्यामिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको अथवा १० वर्ष स्थायी सेवा र स्नातक गरेको शिक्षक प्रधानाध्यापक हुने कानुनी व्यवस्था रहेको छ ।



