काठमाडौँ /२० असोज – विश्व अनुभवले भन्छ–जुन मुलुक गरिबी र अभावले आक्रान्त छ, त्यस मुलुकको राज्य सञ्चालन र व्यवस्थापनमा व्यापक बेथिति हुन्छ । यसको परिणाम के हुन्छ भने राज्यका हरेक पाटाहरू जस्तो शिक्षा, स्वास्थ्य, प्रशासन, न्याय, भौतिक विकास सबैतिर समस्या नै समस्या हुन्छन् । यसले गर्दा समाजका हर तह र तप्काका नागरिक देखि पेसाकर्मी सबैमा असन्तुष्टि र आक्रोश पैदा हुन्छ । राज्यले प्रदान गर्ने सेवा९डेलीभरी०प्रति शासक देखि शासितसम्म सबैको गुनासोहुन्छ । नेपाल अहिले ट्याक्कै यही अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा वर्गीय हक, हित र सुरक्षाका लागि गठित पेसागत संस्थाहरूलाई पनि आफ्नो त्यो लक्ष्यमा मात्र केन्द्रित भएरअघि बढ्ने अवस्था रहँदैन । देशको दैनिक राजनीतिले कुनै न कुनै मात्रामा तिनको कार्य र अभियानमा असर र प्रभाव देखाइरहेको हुन्छ । यही परिस्थितिका कारण देशभित्रका विविध समस्या, मागमुद्दा र विषयहरू एकापसमा मिसमास भएर चटपटे जस्तै बनेका हुन्छन् । यसको फलस्वरूप समाजका हरेक तह र तप्काहरू एकअर्कोबाट प्रभावित नभई रहन सक्दैनन् । यही प्रभावमा हुने प्रतिक्रिया र व्यवहारलाई हामी राजनीति गरेको ठान्छौँ । समाज, देश र विश्वलाई प्रभाव पार्ने विषयहरूमा सुझ राख्नु, टिप्पणी गर्नु वा लेख्नुलाई स्वतन्त्र नागरिक भूमिकाको रूपमा ग्रहण गर्ने अभ्यास हामीमा छैन। त्यसैले यस्ता विषयको उठान पनि हाम्रो समाजमा राजनीति गरेको ठहरिने गर्छ ।
शिक्षक लगायत सबै पेसाकर्मीका पेसागत मागमुद्दाको समाधान राज्यसँग जोडिन्छ । लोकतान्त्रिक पद्धतिमा राज्य सञ्चालनको दायित्व राजनैतिक दलहरूमा हुन्छ । यसरी पेसाकर्मीका मागमुद्दा, चासो र सरोकारहरू दलहरूसँग जोडिन पुग्छन् । त्यसैले एउटा पेसाकर्मीले वा पेसागत संस्थाले आफ्ना पेसागत सवालमा सरकार र राजनैतिक दलहरूसँग भेटघाट, बहस, पैरवी र पक्षीकरण नगरी पुग्दैन । आफ्नो पेसागत हकहित र सुरक्षा विपरीत काम भए वा हुन खोजे त्यसो हुन नदिन दबाद दिने, विरोध गर्ने र आन्दोलनमा उत्रनु पर्ने हुन्छ । पेसागत हित र सुरक्षाका लागि गरिनेयस्ता क्रियाकलापलाई समेत राजनीति गरिएको अर्थमा बुझिने गरिन्छ तर यी क्रियाकलापहरू राजनैतिक क्रियाकलाप होइनन् ।
शिक्षकका पेसागत संस्था र राजनीति :
हाल नेपालमा शिक्षकका पेसागत संस्थाहरू धेरै सङ्ख्यामा छन् । ने।शि।महासङ्घमा संलग्न संस्थाहरू पनि १५ ओटा छन् । राजनैतिक आस्था र पेसागत हितलाई समानान्तर राखेर गठन भएका यी संस्थाहरूमा राजनैतिक दलहरूप्रतिको झुकाव हुनु अस्वाभाविक होइन । अहिले भरखरै गठित भएका केही राजनैतिक दल बाहेक सबै जसो राजनैतिक दलसँग सामीप्य राख्ने शिक्षकका संस्थाहरू रहेको कुरा सत्य हो । यस्ता संस्थाहरूमध्ये कुनै भातृसंस्थाका रूपमा छन् भने कुनै शुभेच्छुक संस्थाको रूपमा रहेका छन् ।भातृ हुन् या शुभेच्छुक यी संस्था गठनका आधार मध्ये एउटा आधार राजनैतिक आस्था समेतरहेकोले ती संस्थाहरू राजनीतिप्रति निरपेक्ष रहन्छन् वा रहनुपर्छ भन्न मिलदैन । नेपालको संविधानमा मौलिक हक अन्तर्गत धारा १७ को उपधारा २ को ९घ०ले सङ्घ संस्था खोल्न पाउने अधिकार दिएको छ । त्यस्तै धारा १८ को उपधारा २ ले वैचारिक आस्थाका आधारमा भेदभाव नगरिने कुरा बताएको छ भने धारा ३४ को उपधारा ३ ले ट्रेड युनियन खोल्न, त्यसमा सहभागी हुन र सामूहिक सौदाबाजी गर्न पाउने हक दिएको छ । संविधान प्रदत्त यिनै हक प्रयोग गर्दै खोलिएका यी संस्थालाई सक्रिय हुनबाट निषेध गर्न पाईंदैन । यतिका संस्था किन खोलिएर यी संस्थाहरू किन दल विशेषसँग निकट भए भनेर प्रश्न उठाउन पनि मिलदैन किनभने यो कुरा संविधान प्रदत्त अधिकार भित्र पर्दछ । दलसँग आस्थागत सामीप्य भएकै आधारमा यी संस्था र यिनका सदस्यले राजनीति गरे वा गर्छन भनेर आरोपित गर्न पनि मिल्दैन ।
शिक्षक–कर्मचारीका पेसागत संस्थाहरू आस्था निरपेक्ष हुने कुरा सहज छैन । व्यवहारिक हिसाबले हेर्दा पनि एउटा पठित बुद्धिजीवी कसरी आस्था निरपेक्ष हुनसक्छ रु यसैपनि कुनै व्यक्ति वा संस्थालाई वैचारिक आस्था राख्नबाट नियन्त्रण गर्न खोज्नु संविधान विरोधी काम हो । यसको अर्थ एउटा पेसाकर्मीले कुनै आस्थामा आबद्ध भएपछि जुनसुकै राजनैतिक क्रियाकलापमा सक्रिय हुनुपर्छ वा हुन पाउनु पर्छ भनिएको अवश्य होइन । हरेक पेसाकर्मीले आफूले गर्न मिल्ने र नमिल्ने कुरामा सचेत भएर व्यवहार गर्नुपर्छ । अर्थात् पेसाकर्मी र तिनका संस्थाले पेसागत मर्यादा र नैतिकता कायम राख्दै पेसागत कर्तव्य पालनाका पक्षमा खरो रूपमा प्रस्तुत हुन सक्नुपर्छ भन्नेमा कहीँ कतै विमति छैन ।
शिक्षक र राजनैतिक संलग्नता :
शिक्षकका पेसागत संस्थाहरूको गठनका आधार मध्ये एउटा आधार राजनैतिक रहेको छ भन्ने कुरा माथि आइसकेको छ । यही कारण समान राजनैतिक आस्था बोक्ने कुनै न कुनै दलसँग यस्ता संस्थाहरूको सामीप्ययता हिजो पनि थियो, आज पनि छ ।यो अवस्था अन्य पेसागत संस्थाहरूमा पनि छ ।शिक्षक र यिनका पेसागत संस्थामा राजनैतिक आस्था, संलग्नता र सक्रियताको अवस्था किन आयो रु यो अवस्था अकारण छैन । विगतमा भएका सबै राजनैतिक परिवर्तनमा शिक्षकहरूले अग्र मोर्चामा रहेर काम गरे । यस वापत कतिले जेलनेल बेहोरे,जागिरबाट निस्कनु प¥यो,कतिले शारीरिक–मानसिक यातना भोग्नु प¥यो । देशमा निरङ्कुश शासन रहेका बेला शिक्षकले विद्यार्थी ,अभिभावक र नागरिक समाजलाई व्यवस्था विरुद्ध सचेत र सक्रिय गर्न प्रत्यक्ष भूमिका समेत अदा गरे । त्यसबेला देशका कुनाकन्दरामा शिक्षकहरू नै पार्टीका भूमिगत कार्यकर्ता, नेता र अभियन्ताको भूमिकामा रहेको अवस्था थियो।वि।सं।२०४६ र २०६२–०६३ को राजनैतिक परिवर्तनको पक्षमा शिक्षक र यिनका संस्थाहरूको महत्वपूर्ण संलग्नता रह्यो । विगतमा भएका पटक पटकका राजनैतिक परिवर्तनमा संलग्न रहेका थुप्रै शिक्षकहरू अझै पेसामा यथावत् रहीरहेका छन् । यी शिक्षकहरू आफ्नो विगतको संलग्नताबाट रातारात सजिलै र पूरै टाढिने अवस्था थिएन र छैन । अझै थुप्रै शिक्षकहरू आन्तरिक रूपमा पार्टीका सदस्य, सल्लाहकार र प्रतिनिधि रहीरहेको अवस्था छतर नयाँ पुस्ताका शिक्षकमा भने यो अवस्था क्रमशः घट्दै गएको छ । त्यसैले शिक्षक र तिनका पेसागत संस्थालाई राजनीति गरे भनेर सत्तोसराप गर्नुको साटो राज्यले के के गरिदिए शिक्षक र यिनका पेसागत संस्थाका क्रियाकलाप र संलग्नता शैक्षिक तथा पेसागत सवालमा मात्र केन्द्रित हुन जान्छन् भन्ने तर्फ सहयोग, सहजीकरणबारे गहन चिन्तन र अध्ययन गर्नु आवश्यक छ ।
पेसाकर्मीको काम देशमा राजनैतिक परिवर्तन सम्म मात्र हो, परिवर्तन पछि तिनले दैनिक राजनीतिमा चासो लिनु हुँदैन भन्ने विचारले आम मानिसमा अहिले घर गरेको छ । यो कुरा बेठिक हो भन्ने तर्क यहाँ दिन खोजिएको छैन तर हिजो परिवर्तनका लागि राजनीतिक संलग्नता राखेका, पार्टी सदस्य र पदाधिकारी भई सक्रिय भूमिका अदा गरेका व्यक्तिहरू आज एक छिनमा वा एक झमटमा पूर्णरूपमा राजनीति निरपेक्ष बस्छन् वा बसुन् भनेर सोच्नु हुँदैन। यसको आशय शिक्षकहरूले प्रत्यक्ष राजनीतिक सक्रियता देखाउन पाउनु पर्छ वा देखाउनु पर्छ भनिएको होइन, केवल धरातलीय यथार्थ उजागर गर्न खोजिएको मात्र हो ।यो विशेषतः अहिले कार्यरत पुराना पुस्ताका शिक्षकको कुरा हो तर नयाँ पुस्ताका शिक्षकमा क्रमशः राजनैतिक चाख, सरोकार र संलग्नता घट्दै गएको अवस्था माथि उल्लेख गरिसकिएको छ ।राजनीतिक रूपले निरपेक्ष शिक्षक–कर्मचारीको साझा छाता संस्था नेपाल शिक्षक महासङ्घको स्थापना पनि पेसागत संस्थाहरूको पेसागत रूपान्तरणको अभियान अन्तर्गत कै एउटा कदम हो ।
समयसँगै शिक्षक र शिक्षकका पेसागत संस्थाले आफूलाई क्रमशः पूर्ण पेसाकर्मी बनाउँदै लानेछ भन्नेमा कुनै शंका छैन । त्यसैले अहिलेको अवस्थालाई पेसागत संस्थाको व्यवहारिक रूपान्तरणको सङ्क्रमणकालीन अवस्थाको रूपमा बुझी सहज ढङ्गबाट ग्रहण गर्नुपर्छ । यो विषयमा ज्यादा कोलाहल गर्नुपर्ने आवश्यकता छैन । विद्यालय समयमा आफ्नो पेसागत मर्यादाभित्र रही व्यवहार गरे र उत्कृष्ट सिकाइ उपलब्धि कायम गर्न दत्तचित्त भएर लागे भने शिक्षकको कर्तव्य पूरा हुन्छ । बाँकी समयमा नागरिक अधिकार प्रयोग अन्तर्गत गर्ने साधारण क्रियाकलापलाई आधार बनाएर त्यस्ता शिक्षकको ज्यादा चासो र चियोचर्चो गर्नु आवश्यक छैन । समयसँगै यी सबै कुरा विस्तारै आफैँ व्यवस्थित भएर जानेछन् ।
पेसागत राजनीति र शैक्षिक गुणस्तर :
विद्यालयदेखि विश्व विद्यालयसम्म देशको शिक्षामा गुणस्तर कायम हुन सकेको छैन भन्ने आम गुनासो छ । शैक्षिक गुणस्तर आफैँमा स्थिर विषय होइन, यो गतिशील पक्ष छ । गुणस्तर के हो भन्नेमा पनि फरक फरक मतर प्राथमिकता हुन सक्लान् तथापि सहज वाक्यमा भन्दा शिक्षाका राष्ट्रिय उद्देश्य अनुरूप सिकारुमा ज्ञान, सीप र अभिवृत्ति विकास हुनु नै गुणस्तर कायम हुनु हो । आम भाषामा बजारको आवश्यकता अनुसारको जनशक्ति उत्पादन हुनु नै गुणस्तर हो तर अहिलेसम्म आम मान्छेले बुझ्ने गरेको गुणस्तर चाहि ग्रेडसिटमा भएको ग्रेड सङ्केत ९प्राप्ताङ्क० मात्र हो । खासमा शिक्षामा राज्यको लगानी र प्राथमिकता, शिक्षकको पेसागत समर्पण , विद्यालयमा सकारात्मक परिवेश निर्माण , विद्यार्थीका लागि पठन योग्य वातावरणको स्थापना जस्ता पक्षका बीचमा सक्रिय तालमेलबाट मात्र विद्यालयको स्तर सुध्रन्छ र शिक्षाको गुणस्तर कायम हुन्छ । यस सवालमा हामी कहाँ छौँ भन्ने विचारै नगरी उत्कृष्ट प्रतिफल वा परिणामको मात्र रट लगाउनु आफैँमा कति सम्भव हो रु सबैले हेक्का राख्नुपर्छ ।
थुप्रै व्यवधानका बीच सामुदायिक विद्यालयहरूको उन्नतिको क्रम सुरु भएको छ । अहिले देशमा ८ हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय छन् भने १००० भन्दा माथि विद्यार्थी सङ्ख्या भएका सामुदायिक विद्यालयहरू थुप्रै छन् । यी विद्यालयहरूको उपलब्धिस्तर पनि क्रमशः माथि उठिरहेका छ । सानो जनसङ्ख्या र क्षेत्र, सीमित भौतिक संरचनाको उपलब्धताका कारण विद्यार्थी सङ्ख्या ज्यादा नभए पनि विद्यार्थी उपलब्धि उच्च भएका विद्यालयहरू पनि थुुप्रै छन् । भौतिक संरचनाको कमी, शिक्षकको कमी, शिक्षण सिकाइ वातावरणको अभाव जस्ता कारणले आवश्यक प्रगति गर्न नसकेका विद्यालयहरू पनि निकै छन् । त्यस्ता विद्यालयलाई माथि उठाउन राज्यले एउटा ठोस योजना अघि सानुपर्छ ।
शिक्षकहरू माथि अर्को आरोप छ– विशेष गरी पेसागत नेतृत्वमा रहेका शिक्षकहरूले पढाउँदैनन् , राजनीतिमा लाग्छन् र स्कुल बिग्रन्छ । यो आरोपमा सत्यता छैन । राम्रो शैक्षिक गुणस्तर र उत्कृष्ट नतिजा ल्याएका देशभरका सामुदायिक विद्यालयको मूल्याङ्कन गर्ने हो भने धेरैजसो त्यस्ता विद्यालयको नेतृत्वमा पेसागत आन्दोलनको नेतृत्व गरिरहेका साथीहरू नै छन् । यो तथ्यले नै भन्छ– शिक्षक अथवा प्रधानाध्यापक पेसागत आन्दोलनमा लागेर विद्यालय विग्रँदैन बरु यस्ता शिक्षक वा प्रधानाध्यापकले आफ्नो पद पोजिसन, सामाजिक प्रतिष्ठा र व्यक्तित्वको गरिमा जोगाउन झन् धेरै मेहनत गरेका र गराएका छन् । स्रोत साधन जुटाएका छन् र विद्यालयलाई माथि उठाएका छन् ।
अब के गर्नुपर्छ ?
शिक्षकले राजनीतिक आस्था राखे कार्बाही गरिनेछ भनेर नियम वा कानुनको डन्डा देखाएर शिक्षा, शिक्षक र शिक्षकको पेसागत आन्दोलन राजनीतिबाट मुक्त हुँदैन । लोकतान्त्रिक शासन पद्धतिमा शिक्षा सुधारको विधि निरङ्कुश र दमनकारी हुनुपर्छ भन्ने असङ्गत सोचबाट राज्य, नीति निर्माता र शैक्षिक अभियन्ताहरू मुक्त हुनुपर्छ । नदीको प्रदूषण नदीमा मिसाइने ढलका कारणबाट हुने हो, त्यहाँ रहेका जलचरको आहारविहारबाट हुने होइन भन्ने सत्यलाई सबैले आत्मसात् गर्नुपर्छ । शिक्षालय, शिक्षक र पेसागत संस्थालाई राजनैतिक संलग्नतबाट बाहिर ल्याउन तथा शिक्षाको गुणस्तर बृद्धि गर्न राज्यले थुप्रै काम गर्न आवश्यक छ। जसमध्ये केही काम तल उल्लेख गरिएका छन् ।
क) राजनीति मुक्त शिक्षालय : शिक्षालयको स्वायत्त अस्तित्वको वातावरण निर्माण गरी शिक्षालाई दैनिक राजनीतिबाट मुक्त राख्नुपर्छ । अहिलेको संवैधानिक प्रबन्ध (अनुसूची–८) ले विद्यालयलाई स्थानीय राजनीतिको खेल मैदान बनाउने पक्का छ । विद्यालय आफैँ राजनीतिको खेल मैदान भएपछि शिक्षक, विद्यार्थी र तिनका पेसागत संस्था कसरी राजनैतिक संलग्नता र सापेक्षताबाट बाहिर निस्कन्छन् रुत्यसैले पोखरीको पानी प्रदूषित रहुञ्जेल पोखरीको छेउमा सुगन्धको अपेक्षा गर्न सकिदैन भन्ने सत्य राज्यले बुझ्नुपर्छ ।
ख) आकर्षक सेवा सुविधा : शिक्षक–कर्मचारीका सेवा, शर्त, सुविधा तुलनात्मक रूपमा आकर्षक हुनुपर्छ ताकि सबैभन्दा अब्बल जनशक्ति यो पेसामा प्रवेश गरोस् र टिकोस् पनि । शिक्षक–कर्मचारीका सेवा,सुविधा र मागमुद्दाका लागि सँधै लडिरहनु पर्ने अवस्थाबाट शिक्षक–कर्मचारीलाई मुक्त गराइ दिनुपर्छ । अर्थात् सेवा शर्त सुविधाका आधारभूत मागलाई राज्यले अविलम्व पूरा गरिदिनु पर्छ । यसो भएमा शिक्षक र शिक्षक–कर्मचारीका पेसागत संस्थाले आफ्नो सबै बल र समय शिक्षालयको व्यवस्थापन, शिक्षक–कर्मचारीको क्षमता विकास तथा विद्यालयको गुणस्तर विकासको पक्षमा लगाउन पाउँछन् ।
ग) उत्साह र अभिप्रेरणा : सार्वजनिक विद्यालय र यसमा काम गर्ने शिक्षकलाई लाञ्छित र अपमानित गर्ने काम तुरुन्त बन्द गर्नुपर्छ । राज्यले शिक्षक–कर्मचारीलाई उत्साहित र अभिप्रेरित गर्ने योजनाहरू अघि सार्नुपर्छ ।
घ) लगानी बृद्धि विद्यालयमा पढ्ने विद्यार्थीका लागि सुविधा र सहयोग तथा शिक्षक–कर्मचारीका लागि पर्याप्त सेवा सुविधा दिन राज्यले शिक्षामा लगानी बृद्धि गर्नुपर्छ । लगानी बृद्धि विद्यालयमा पुग्दो शिक्षक–कर्मचारी दरबन्दीको व्यवस्था, पर्याप्त भौतिक संरचना र सामग्रीको प्रबन्धका लागि पनि आवश्यक छ । यो गुणस्तर विकासको मुख्य कडी हो ।
आउनुहोस् सबै सरोकार पक्ष बीच सकारात्मक संवाद र सहकार्य अघि बढाऔँ । शिक्षा र शिक्षालयप्रतिको आस्था, विश्वास र सम्मान बढाऔँ । सबै मिलेर शिक्षाको गुणस्तर माथि उचालौँ । नेपाल र नेपालीको उच्च भविष्य सुनिश्चित गरौँ ।
लेखक लक्ष्मीकिशोर सुवेदी नेपाल शिक्षक महासङ्घका महासचिव हुन । साथै यी लेखकका निजी विचार हुन् ।



