चितवन/७ असोज-नेपाली शब्दकोष अनुसार आन्दोलन भनेको जनमानसलाई उत्तेजित गर्न वा कुनै आवेगपूर्ण र अशान्त परिस्थिति सिर्जनाका निम्ति गरिने कार्य; हलचल; उथलपुथल; होहल्ला वा यताउति हल्लने वा झुल्ने काम भनि परिभाषीत गरेको छ।नेपाल सरकारले २०८० भाद्र २७ गते विद्यालय कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन,२०८० संसदमा दर्ता गर्याे।शिक्षा विधेयकमा शिक्षा क्षेत्र रूपान्तरण भन्दा पनि धराशायी बनाउने खालको थियो भन्ने निष्कर्ष निकाली आन्दोलन मात्र एक सहि निर्णय भन्दै देशभरबाट शिक्षकहरू राजधानी केन्द्रीत कार्यक्रमा सहभागी भए,हुनुपर्ने थियो ।यो शिक्षक एकताको सकरात्मक पक्ष पनी हो ।
जसको फलस्वरूप शिक्षक महासंघले विधेयकमा आपत्ती जनाउदै २०८० असोज ३ गते आन्दोलनको घोषणा गर्याे र विधेयकलाई सहि निर्णय नभएको भन्दै देशभरबाट शिक्षकहरू राजधानी केन्द्रीत भई शिक्षक महासंघले आव्हान गरेको कार्यक्रमा सहभागी भए।सरकार र शिक्षक महासंघ बीच २०८० असोज ५ गते भएकोे सहमतीमा महासंघको लाचारीपनदेखीयो, भन्ने आरोपबाट अछुतो रहेन भने अर्को पक्षले सहमतीले शिक्षकका मागहरु सम्बोधन भएको भनी तर्क गरेको पाइन्छ र आन्दोलनको मर्म अनुुसार सहमती नभएको प्रष्ट देखीयो।महासंघललाई सबै शिक्षक,जनता र अन्य निकायको साथ र सहयोग पाँउदा पनि निम्न कुराहरूमाआवाजउठाउन नसक्दा सहमती नाम मात्रको हुन पुग्यो भन्ने विभिन्न व्यक्तिहरुकोआरोप छ ।
१. विद्यालय शिक्षा ऐन,२०८० को दफा ८ शिक्षणको माध्यमको उपदफा १(ख)मा कुनै विदेशीले नेपालमा अध्ययन गर्दा अनिवार्य नेपाली बिषयको सटटा निजले चाहेमा पाठ्यक्रममा निर्धारीत भाषा मध्धे कुनै एक भाषागत विषय अध्ययन गर्न सक्ने भनि उल्लेख गरीएको छ। यसमा दफामा नेपाली विद्यार्थीहरू वैदेशिक अध्ययनमा जाँदा सोही देशमा भाषाको सट्टा नेपाली भाषा पढ्न पाउने छुट छ कि छैन ? खासमा यो कस्तो नियम हो सरकारले स्पष्ट पार्न जरूरी छ ।
२. नेपाल सरकारबाट तलब भत्ताखाने सबै कर्मचारीका सन्तान सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था गर्ने नियम लागु गर्नु र गरीनु पर्छ भन्ने पक्षमा शिक्षक महासंघले खासै आवाज नउठाएको र ठोस निर्णय नगरेको पाइयो। यसका पछाडी के छ भनी सहजै अनुमान गर्न सकिन्छ की शिक्षकहरुले नीजी विद्यालयमा लगानी गरेको रहेछन् की ?स्वयम् शिक्षकलाई ज्ञान छ म आन्दोलनमा जान्छु छोराछोरी नीजि विद्यालय पठाउनु,आफ्ना छोराछारी पढ्न पाउन हाई सुखै छ जस्ता धेरै आचोलना सामाजिक सञ्जाल,अभिभावक र सरोकारवालाव्यक्त गरको पाईयो। यो आँकलन सही हो वा शिक्षक नै सामुदायिक विद्यालयप्रति अविश्वासी भएका हुन् वा मिथ्या आरोप ?
३.शिक्षक सेवा आयोग स्वायत्त वा संवैधानिक निकायका रूपमा समावेश हुनुपर्नेयसमा शिक्षक महासंघको खासै चासो नभएको पाईयो ।
४ं. बालबिकास र कार्यालय कर्मचारीको पद कायम गरिनु पर्नेबालबिकास र कार्यालय कर्मचारीको दरबन्दी कायम गरिनु पर्ने किन नभएको ?जसले विद्यालय÷ शिक्षण पेसामम लामो समयसम्म सेवा गरे ।कर्मचारीले शिक्षकहरू भन्दा एकाध घण्टा अगाडी आउने र जाने ,विद्यालयमा सरसफाइ गर्ने,कार्यक्रम भएकाबखत वा अन्य समयमासफाइ गरी विद्यालयलाइ सफा,हराभरा गरी मनमोहक वातावरण तयार गर्ने र बालबिकासमा कार्यरत शिक्षकहरुले साना विद्यार्थी भाईबहिनीहरूर्को,अक्षर चिनाउने व्यक्तिलाई ओझेलमा पार्ने तर सुबीधा राज्य तथा शैक्षिक नेता मिली तर काम मात्र लगाउने कामदमरको रूपमा प्रयोग गर्याे ।
संसदमा दर्ता भएको शिक्षा विधेयमा सार्वभौम जनताले जिताएका जनप्रतिनिधि जसले शिक्षा क्षेत्रलाई सुधार गर्न चाहानु हुन्छ र नेपालको संस्कृतिलाई बचाउनु भनि निर्वाचकमा आफ्नो मुख्य लक्ष्य मानेका माननिय संसदको र राजनैतिक दलको अग्निपरीक्षा संसदमा हुनेछ र यसको असर तथा बाछिटा आगामी निर्वाचनमा पनि पक्कै देखिने छ।संसदमा शिक्षा विधेयकका बारेमा बहस गर्नु आवश्यक छ ।
देशभरका शिक्षकहरूलाई राजधानी केन्द्रीत आन्दोलनमा सहभागी गराएर निश्चित समुहका सिमित माग मात्रै सम्बोधन गरेर अरू सबै शिक्षकहरू भरीया भएका हुन त ?छ बुँदे सहमतिमा केहि आंशिक माग त पुरा भए यो सकरात्मक पक्ष हो तर शिक्षा क्षेत्र रूपान्तरित हुने र भविष्यमा यस्ता खालका विमत्ती सृजना नहुनेभन्नेमा शिक्षा विधेयकमा सुनिश्चीतता अभाव देखिन्छ।कतिपय शिक्षक संघ संगठनले छ बुँदे सहमति धोखा हो,झोले महासंघ जस्ता अनेकन उपमा दिएर आलोचना पनि सुरू भएको छ ।सिमित व्यक्तीमात्र बसी सहमति गर्ने चलन ठिक छैन कि ? यसमा सुधार हुनु आवश्यक छ कि? शिक्षकले अब नेतृत्व चयन गर्दा हाम्रो हौइन राम्रो चयन गर्न सकेन भने यसको असर लामो समयसम्म देखापर्ने छ यसरी शिक्षकका हक अधिकारका नाममा खोलिएका तर विशुध्द व्यक्तिगत स्वार्थले ओतप्रोत भएका र दलिय गन्ध आउने,जालझेलमुखी,पदमुखी र सबै शिक्षकको बन्न नसकेको शिक्षकका नाममा खोलिएका संगठनहरु खोरज गर्नु पर्छ र हुनु पर्छ यसको विकल्प छैन ।
राजन कार्की, नारायणी नमुना मा.वि. भरतपुर,चितवनका शिक्षक हुन् ।



