फरेष्ट्रीमा विद्यार्थी भर्नाका लागि फाराम खुला

काठमाडौं/५ भदौं-कृषि तथा वन विज्ञान विश्वविद्यालय वन विज्ञान संकाय, हेटौडाले बिएस्सी फरेष्ट्रीमा विद्यार्थी भर्नाका लागि फाराम खुला गरेको छ ।


वन विज्ञान संकाय अन्तर्गत बिएस्सी फरेष्ट्रीमा नयाँ विद्यार्थी भर्ना गर्नका लागि भदौं १० गतेदेखि असोज १० गतेसम्म र दोब्बर दस्तुर तिरी असोज १५ गतेसम्म फाराम भर्न सकिने जनाएको छ ।


फराम अनलाइनबाट मात्र भर्न सकिने र प्रवेश परीक्षा सम्बन्धि अन्य जानकारी पछि प्रकाशन गरिने जनाएको छ । विस्तृत जानकारीको लागि यस विश्वविद्यालयको www.afu.edu.np/admission मा हेर्न सकिनेछ ।