कलेजका चालकले लागुपदार्थ खाएर बस चलाउँदा दुर्घटना

नवलपुर/४ भदौं-गैंडाकोटस्थित अक्सफोर्ड कलेजका चालकले लागुपदार्थ खाएर बस चलाउँदा टिकौली दुर्घटना भएको खुलेको छ । साउन ३१ गते भरतपुरबाट रत्ननगरतर्फ जाँदै गरेको अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले लास बोकेको बोलेरोसहित ६ वटा सवारी साधनलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए ।


बस चालक गैँडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियारको चितवन मेडिकल कलेजमा मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) परीक्षण गरिएको थियो । परिक्षणपछि परियारले लापसे गरेको पुष्टि भएको सिएमसी स्रोतले जानकारी दियो ।


अक्सफोर्ड कलेजले दुर्घटनाका सबै घाइतेको उपचार गर्ने जिम्मा लिइसकेको छ भने अधिकांश घाइते निको भएका छन् ।