निःशुल्क छात्रवृत्ति कार्यक्रमहरूको प्रवेश परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

काठमाडौं/१ भदौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तह तथा प्रि– डिप्लोमा तहको वर्गीकृत (निःशुल्क ) छात्रवृत्ति कार्यक्रमहरूको प्रवेश परीक्षा केन्द्र सार्वजनिक गरेको छ । असार २९ गते र साउन १९ गते प्रकाशित प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्ने सूचना अनुसार प्रवेश परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।


वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको अनलाइन मार्फत फाराम भरेका र प्रवेश परीक्षाका लागि थपिएको म्यादभित्र पर्न आएका आवेदनहरूलाई समेत समावेश गरी सम्बन्धित परिषद्, प्रदेश कार्यालयहरूबाट परीक्षा केन्द्रका लागि सिफारिस भई आए बमोजिम परीक्षा केन्द्र कायम गरिएको जनाएको छ ।

परीक्षा केन्द्र यहाँबाट हेर्नुहोस :

https://itms.ctevt.org.np:5580/uploads/notices/Classified%20Scholarship%20Entrance%20Exam%20Center%20updated%20details%20Notice-2080-04-32.pdf