काठमाडौं/२६ साउन–आन्दोलनरत निजी विद्यालय र सरकारबीच वार्ता भएको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा आज बार्ता भएको हो ।
प्यब्सनका महासचिब आरबी कटवालका अनुसार निजी विद्यालयहरुले राखेका सबै मागमा सहमति भएको बताएका छन् । साथै निजी विद्यालयहरुले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको समेत बताएका छन् ।
वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल, शिक्षा सचिव सुरेश अधिकारी, कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा, रक्षासचिव किरणा राज शर्मा, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा रहेको र निजी विद्यालयका तर्फबाट हिसानका अध्यक्ष रमेश सिलवाल, प्यब्सनका अध्यक्ष डीके ढुंगाना, एन प्यब्सनका अध्यक्ष पाण्डव हमाल र प्यव्सनका निवर्तमान अध्यक्ष टिकाराम पुरी, प्यब्सनका महासचिव आरबी कटवाल रहेको एन प्यब्सनका अध्यक्ष पाण्डव हमालले बताए ।



