बिएससी सीएसआईटीमा भर्नाका लागि साउन ३० गतेदेखि आवेदन खुल्ने

काठमाडौं/२६ साउन-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह बिएससी सीएसआईटीमा नयाँ भर्ना गर्न प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत विज्ञान तर्फ चार वर्षे स्नातक तह बिएससी सिएसआइटीमा नयाँ भर्ना गर्न प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।


विद्यार्थीले प्रवेश परीक्षाका लागि साउन ३२ गतेदेखि भदौ २६ गतेभित्र अनलाइन फाराम भरी बुझाउनु पर्ने सूचनामा उल्लेख गरेको छ ।