काठमाडौं/८ साउन-प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले अष्ट्रेलिय लगायतका देशमा उच्च शिक्षा अध्ययनमा गएका विद्यार्थी मानसिक तनाब ग्रस्त रहेको बताएका छन् । विद्यार्थीहरुलाई तालीम र ओरियन्टेसन नहुँदा अष्ट्रेलियमा मानसिक तनाब ग्रस्त हुनुपरेको बताएका हुन ।
शाहीले शिक्षामन्त्री अशोक कुमार राईलाई सुझाब दिँदै उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका विद्यार्थीहरु मानसिक तनाब ग्रस्त रहेकोले समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । उनले भनेका छन् ‘विदेश पढ्न पठाएका विद्यार्थीहरु मानसिक तनाब ग्रस्त छन् । विदेश पढ्न जाने विद्यार्थीहरुलाई अनिवार्य तालिम र ओरियन्टेसन गराएर मात्रै अष्ट्रेलिया लगायतका देशहरुमा पढ्न पठाउने व्यवस्था मिलाउन आवश्यक देखिएको हुनाले सुझाब दिन चाहान्छु । माननिय मन्त्री ज्युले यो सुझाब ग्रहण गरी कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’
शाहीले सुझाब दिएपछि शिक्षामन्त्री अशोक कुमार राईले उच्च शिक्षा महाशाखा र बैदेशिक अध्ययन अनुमति शाखालाई यसबारेमा निगरानि गर्न र विद्यार्थीहरुसँग बुझ्न निर्देशन दिएका छन् ।
राप्रपा प्रमुख सचेतक समेत रहेका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही असार ७ गते अष्ट्रेलिया भ्रमणमा गएका थिए । शाहीसमक्ष अष्ट्रेलियामा रहेका नेपाली समुदायले त्यहाँको अनुभवसँगै त्यहाँ जाने नेपालीहरूको पक्षमा नीति निर्माण तहमा गर्नुपर्ने काम र विद्याथीृहरुको अवस्था बारे जानकारी गराएका थिए ।



