शिक्षण सिकाइमा सहजीकरण गर्दै काठमाडौँ विश्वविद्यालय

गैँडाकोट/३० असार-शिक्षण एक कला हो भने, शिक्षक एक कलाकार हो । शिक्षण गर्ने सन्दर्भमा कक्षा कोठाभित्र अनेकन समस्याहरु आई पर्छन् । जसको समाधान शिक्षक स्वयमले नै गर्नुपर्ने हुन्छ तर, कसरी गर्ने ? कहिले गर्ने ? के गर्ने ? भन्ने जस्ता अन्योलताका कारण ती समस्याहरुले विकराल रुप धारण गर्न पुग्दछन् । फलस्वरूप चाहेको सिकाइ उपलब्धि हासिल हुन सक्दैन । यसका लागि शिक्षक, शिक्षक मात्रै बनेर पुग्दैन । शिक्षकले आफूलाई एक अनुसन्धाताका रुपमा पनि उभ्याउन सक्नुपर्छ । त्यसैले पछिल्लो समय शिक्षण क्षेत्रमा निकै चर्चामा रहेको विषय हो, कार्यमूलक अनुसन्धान ।


कार्यमूलक अनुसन्धान के हो ? यो कसले गर्ने ? कसरी गर्ने ? र यसबाट शिक्षण सिकाइमा के कस्ता फाइदाहरु हुन्छन् भन्ने विषयवस्तुमा केन्द्रित रहेर विजय सामुदायिक शिक्षा सदनका शिक्षकहरुका लागि काठमाडौँ विश्वविद्यालयले एकदिने कार्यशाला सम्पन्न गरेको छ ।


६० जना शिक्षक सहभागी रहेको उक्त कार्यशालाको पहिलो सत्रमा विशेष गरी कार्यमूलक अनुसन्धानको सैद्धान्तिक पाटाका बारेमा चर्चा परिचर्चा गरिएको थियो । शिक्षकहरुले शिक्षण गर्दा कक्षाकोठामा झेल्नुपरेका समस्याहरूका बारेमा आफ्ना अनुभवहरु पनि साटासाट गर्नुभएको थियो । सो क्रममा कतिपय समस्याहरु साझा समस्याका रुपमा रहेछन् भन्ने कुरा पनि पत्तालागेको छ । सहजकर्ता पार्वती ढुङ्गानाले शिक्षकका अनुभवहरुलाई समेट्दै हामीलाई समस्या लागेका कुराहरु कहिलेकाहीँ समस्या नै नहुने र जटिल लागेका समस्याको समाधान पनि एकदमै सरल हुन सक्ने बताइन ।


कार्यमूलक अनुसन्धानमा सहभागी भएर आफ्नो समस्यामा केन्द्रित भई गहन रुपमा खोज एवम् अध्ययन अनुसन्धान गरेमा यस्ता तथ्यहरु बाहिर आउन सक्छन् भन्ने धारणा ढुङ्गानाको थियो ।


रेजिना केसीले सहजीकरण गर्नुभएको दोस्रो सत्रमा कार्यमूलक अनुसन्धानको प्रक्रियागत चरणहरुका बारेमा छलफल भयो । योजना (एबिल), कार्य र प्रतिबिम्बन यी तीन पक्ष एकआपसमा अन्तर सम्बन्धित भएर एक चक्रका रुपमा घुम्ने र हाम्रो समस्याको समाधान नहुँदासम्म यी प्रक्रिया एवम् चरणहरु दोहोरि रहने उनको भनाइ रहेको थियो ।

कार्यमूलक अनुसन्धान शिक्षणमा देखिएका समस्याको समाधानमामात्रनभई अहिले हामीले अपनाउँदै आएका शिक्षण विधि र प्रविधिको प्रयोगलाई अझप्रभावकारी बनाउने सन्दर्भमा पनिउत्तिकै फलदायी रहेको बताउँदै शिक्षकको पेसागत सक्षमताअभिवृद्धिका लागिपनि हरेक शिक्षकले कम्तीमाएकएकओटा कार्यमूलक अनुसन्धानको रिपोर्ट तयार गर्नुपर्ने कुरामा सहजकर्ताहरुले जोड दिनुभएको थियो। निकै उत्साहका साथकार्यशालामा सहभागीहुनुभएकाशिक्षकहरुले आफूहरु त्भबअजभच– चभकभबचअजभचहुनतयार रहेको प्रतिबद्धता जाहेर गर्दै काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्न पाएकोमा खुसीपनिव्यक्त गर्नुभएको थियो। काठमाडौँविश्वविद्यालयका डा. पार्वती ढुङ्गाना र रेजिना केसीले सहजीकरण गर्नुभएको उक्तकार्यशालाविद्यालयको सभाहलमा सम्पन्नभएको थियो।

विजय सामुदायिक शिक्षा सदनका शिक्षक रञ्जना लामिछाने तयार पारेको समाचार ।