काठमाडौँ /२५ असार-नेपाल नर्सिङ काउन्सिलले असार २३ गते सञ्चालन गरेको लाइसेन्स परीक्षाको नतिजा प्रकाशन स्थगित गरेको छ । परीक्षार्थीले प्रश्नपत्र ‘आउट’ गरेपछि काउन्सिलले परीक्षाको नतिजा स्थगित गरेको हो ।
तीन छात्राले प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जर मार्फत लिक गरेको थाहापाए पछि परीक्षाको नतिजा स्थगित गरेको हो । नर्स लाइसेन्सको प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले तीनै जना परीक्षार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भएकी २३ वर्षीया सविना आले मगर, कास्कीको लेखनाथ घर भएकी २० वर्षीया भावना गुरुङ र पोखरा घर भएकी २० वर्षीया समीक्षा थापा छन्।



