काठमाडौँ /१२ असार-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक असार ४ गते मन्त्रीपरिषदमा दर्ता भइसकेको र छिट्टै संसदमा पेश गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका हुन् ।
उनले विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको दाबी समेत गर्दै गत असार ४ गते मन्त्रीपरिषद्का पेश गरिएको सो विधेयक त्यहाँबाट स्वीकृति प्राप्त हुने बित्तिकै संसदमा पेश गर्ने बताए ।
मन्त्री राइले संघीय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा ऐनको मसौंदा अर्थ मन्त्रालय र कानुन मन्त्रालयको सहमति प्राप्त गरी असार ४ गते मन्त्री परिषद्मा पेश भएको जानकारी दिदै मन्त्री परिषद्को निर्णय पछि सदनको चालु अधिवेशनको प्रस्तुत गरिने जानकारी दिए ।
उनले सदनमा बोल्दै भने, ‘संघीय शिक्षा ऐन बारे माननीयज्यूहरुले चासो राख्नु भएको छ । त्सले मलाई छिटो शिक्षा ऐन ल्याउन दबाब भइरहेको जानकारी गराउन चाहान्छु ।’



