पूर्व उपकुलपति रिजालको निधन

असार/९ विराटनगर-पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक शिरीष रिजालको निधन भएको छ । विराटनगर महानगरपालिका–२ का बासिन्दा रिजालको शुक्रबार राति मृत्यु भएको हो ।


रिजालले केही दिनअघि ढाडको शल्यक्रिया गरेका थिए । शुक्रबार राति गाह्रो भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।