विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्दै काठमाडौं विश्वविद्यालय

कास्की/७ असार-कास्कीको स्नो भ्यु इङ्ग्लिश बोर्डिंग स्कूल र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता भएको छ । शिक्षकहरुको क्षमतामा अभिवृद्धि गरी विद्यार्थीलाई प्रगतिशील र प्रोत्साहनजनक वातावरण सिर्जना गर्ने उदेश्यले दुइ पक्षबीच सम्झौता भएको हो ।


विद्यालयले शैक्षिक गुणस्तरको वृद्धि र विकास गर्न काठमाडौँ विश्वविद्यालयद्वारा संचालित देशैभरि चलिरहेको (सिपिईपी) कार्यक्रममा सहभागी हुनका लागि काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन डा. बालचन्द्र लुईटेल र प्रिन्सिपल जगत बहादुर थापाले सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् ।


सम्झौतापश्चात काठमान्डौं विश्वविद्यालयले ४८ घन्टाको पाठ्यक्रमद्वारा शिक्षकहरुको क्षमतामा अभिवृद्धि गरी विद्यार्थीलाई प्रगतिशील र प्रोत्साहनजनक वातावरण सिर्जना गरी शैक्षिक गुणस्तर बढाउन र भैरहेको विद्यालयका कार्ययोजनाको विश्लेषण तथा आवश्यक परिपूर्ति, पारदर्शी पाठ्यक्रम, उचित मूल्यांकन, नेतृत्व विकास, दुरदृष्टि शिक्षा साथै विद्यालयको मिसनलाई परिपूर्ति गर्नलाई काम गर्ने छ ।


विद्यालयलाई आवश्यकता अनुरुप पाठ्यक्रम, पाठ्ययोजना, मूल्यांकन प्रवृति, कक्षाकोठा व्यवस्थापनमा सहयोग गर्ने सकिने सिपिइपी संयोजक डा पार्वती ढुंगाना पौडेलले बताइन । त्यसैगरी विद्यालयका शैक्षिक निर्देशक विष्णु कुमारी अधिकारीले काठमान्डौं विश्वविद्यालयसंगको कार्यक्रममा जोडिएर काम गर्दा सार्है खुशी लागेको बताउदै विद्यालयको शैक्षिक उन्न्नयनमा प्रभावकारी हुनेमा आशावादी रहेको बताउनु भयो।


पोखराको वडा नं २५, हेम्जा, कास्कीमा अवस्थित स्नो भ्यु इङ्ग्लिश बोर्डिंग स्कूलले २६औ वसन्त पार गरिसकेको छ । बालबालिकाको मानसिक तथा सारिरीक सर्वाङ्गिण विकासका लागि मध्ये नजर गर्दै प्रगतिशील शिक्षा र विभिन्न किसिमका खेलहरुलाई बढावा दिदैं आइरहेको छ । स्वच्छ तथा वातावरणमा औसत ३ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीलाई अध्यापन गराइने यस विद्यालयले बाल मैत्री एवं समय सापेक्षिक संस्कारयुक्त शिक्षासंगै जीवन उपयोगी शिक्षा आजको आवश्यकता भन्ने अभिप्रायका साथ् बिगतदेखि नै व्यावहारिक तथा व्यावसायिक शिक्षालाई पनि अनुशरण गर्दै आइरहेको छ ।