काठमाडौं/३२ जेठ –शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको खुला प्रतियोगितात्मक लिखित नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ । जेठ २० गते सञ्चालन भएको लिखित परीक्षा (सामान्य)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले शिक्षक पदपूर्तिका लागि आयोगले सञ्चालन गरेको प्राथमिक तहको परीक्षाको नतिजा निकाल्ने अन्तिम तयारी गरिएको बताएका छन् । उनले प्राविधिक कठिनाई नआए असार ४ गतेसम्म नतिजा सार्वजनिक हुने बताए ।
आयोगले २०७९ चैत ९ गते प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो ।



