विद्यार्थीहरुलाई परियोजना कार्य दिँदा निश्चित ढाँचामा केन्द्रित रहेर दिइनुपर्ने

ललितपुर/३२ जेठ-परियोजनामा आधारित सिकाइ प्रभावकारी कार्यान्वयन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । परियोजनामा आधारित सिकाइ कार्यक्रमको आवश्यकता, उपयोगिता र सिकाइका लागि आवश्यक पर्ने विभिन्न चरणहरुको बारेमा जानकारी र यसको प्रभावकारी कार्यान्वयन सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।


जेठ २७ गते आयोजना गरिएको कार्यक्रम काठमाडौँ विश्वविद्यालयको समन्वयमा प्रशिक्षक इन्द्रमणि श्रेष्ठले परियोजनामा आधारित सिकाइ कार्यक्रमको आवश्यकता,उपयोगिता र सिकाइका लागि आवश्यक पर्ने विभिन्न चरणहरुको बारेमा जानकारी गराएका थिए ।


कार्यक्रममा प्रभावकारी सिकाइको लागि विषयवस्तुको सन्दर्भ, अनुभव, खोज, विश्लेषण र प्रस्तुतिकरणको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने पक्षमा गहन छलफल गरिएको थियो । परियोजना कार्यले विद्यार्थीहरुमा रचानात्मक चिन्तन गर्न सक्ने सिपको विकास गर्दछ । साथै आपूmले गरेर मात्र सिकाइ सम्भव हुन्छ भन्ने तथ्य उक्त कार्यक्रमको मुख्य विषय थियो ।


त्यसैगरी विद्यार्थीहरुलाई परियोजना कार्य दिँदा निश्चित ढाँचामा केन्द्रित रहेर दिइनुपर्ने प्रशिक्षक इन्द्रमणि श्रेष्ठले बताए । राष्ट्रिय पाठ्यक्रम प्रारुप अन्तर्गत रहेर कक्षा १–३, ४–५, ६–८ र ९–१० मा कम्तीमा दुई विषयलाई एकीकृत गरेर परियोजना कार्य गरिँदा परियोजना कार्य सफल हुने उनको भनाई थियो ।


परियोजनमा आधारित सिकाइ क्रियाकलापलाई विषयवस्तुको प्रकृति अनुसार अल्पकालीन र दीर्घकालीन समय छुट्टयार पूरा गर्न सकिन्छ । परियोजना आधारित सिकाइका महत्त्वपूर्ण मापदण्डहरु विषयवस्तु, अवधारणा, अनुसन्धान र प्रस्तुतिकरण हुन भन्ने तथ्यहरुमा गहन प्रकाश पारिएको थियो ।


परियोजना कार्यमा व्यक्तिगत भूमिकालाई आत्मसात गरिनुपर्दछ भन्ने मान्यतालाई जोड दिइएको थियो । कार्यक्रममा सिकाइका लागि रुब्रिक्समा मिलान भएको खण्डमा मात्र प्रभावकारी परियोजना कार्य मान्न सकिन्छ विषय बस्तुमा पनि महत्वका साथ छलफल भएको थियो ।


उक्त कार्यक्रम गोदावरी रेसिडेन्सियल स्कुलका प्रधानाध्यापक, संयोजक तथा शिक्षकहरुको सहभागितामा सम्पन्न भएको थियो थियो ।