शैक्षिक संस्थाको सवलिकरण गर्न सम्झौंता

काठमाडौं/७ जेठ-काठमाण्डौं विश्वविद्यालय र लालबन्दी नगरपालीकाविच एक समारोहका विच बालकुमारि, ललितपुरमा समझदारि पत्रमा हस्ताक्षर भएको छ । उपकुलपति प्रा. भोला थापाको उपस्थितीमा रजिष्टार प्रा.अच्युत बाग्ले र नगरपालीका प्रमुख बासुदेश अधिकारिले हस्ताक्षर गरेको उक्त समझदारिमा मधेष प्रदेशमा कार्यक्रम विस्तारको योजनामा जग्गा लगायक अन्य सहयोगकालागि काठमाण्डौं विश्वविद्यालयलाई लालबन्दी नगरपालीकाले सहयोग गर्ने उल्लेख छ ।


लालबन्दीमा कृषी लगायतका विषयमा शैक्षिक कार्यक्रम संचालन र माध्यमिक तहसम्मका शैक्षिक संस्थाको सवलिकरण दुवै पक्ष मिलेर काम गर्ने व्यहोरा पनि सहमतिपत्रमा उल्लेख छ । निश्चित अवधिकालागि जनप्रतिनिधी भएर आएकाहरुले केहि नयाँ शुरुवात गरेर जान सके पछिल्ला दिनमा यसलाई मुर्तता दिन सकिने छ भन्ने मनसायका साथ काठमाण्डौं विश्वविद्यालयसंग सहकार्य गर्न चाहेको नगरपालीका प्रमुख बासुदेश अधिकारिले बताए ।


उपकुलपति प्रा.डा.भोला थापाले यस सम्झौतासंर्गै काठमाण्डौं विश्वविद्यालयले मधेषमा पाइला टेकेको छ । प्रधानमन्त्रीसँग गएर हामी काठमाण्डौं विश्वविद्यालयसँग सहकार्य गर्न चाहन्छौं भन्ने चाहना राखिदिएर लालबन्दी नगरपालीकाले विश्वविद्यालयलाई एैतिहासिक जिम्बेबारी सुम्पेको छ र यसले सार्थकता पाउनेगरि हामि काम गर्न तयार छौं । भर्खरै स्थापित मधेष विश्वविद्यालयसंगको सहकार्यमा केहि शैक्षिक कार्यक्रम संचालनको तयारि भइरहेको सन्दर्भमा उक्त सहकार्यमा लालबन्दीपनि मिसिएर अरु विस्तारित हुने सम्भावनामा पनि काम गर्न सकिने उनको भनाई थियो ।