शिक्षक संघ कोशी प्रदेश अध्यक्षमा चौलागाईं निर्वाचित

युवराज रेग्मी

झापा/११ चैत-नेपाल शिक्षक संघको कोशी प्रदेश अध्यक्षमा तेजप्रसाद चौलागाई विजयी भएका छ्न । बिराटनगरमा शुक्रबार सम्पन्न निर्वाचन मतपरिणाम अनुसार चौलागाईं संघको कोशी प्रदेश कार्यसमिति अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


झापा जिल्लाको मेचीनगर स्थीत धुलाबारी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चौलागाईले १ सय ९० मत प्राप्त गरी विजय प्राप्त गर्न सफल भएका छन् । अध्यक्षका प्रत्याशी अर्का उम्मेद्वार धनकुटाका गंगाराम ढुंगानाले १ सय ५६ मत प्राप्त गर्न सफल भए ।

त्यस्तै महासचिव पदमा मात्रिका प्रसाद न्यौपानेले १ सय ७३ मत प्राप्त गरी विजयी हँदा उनका प्रतिस्पर्धी बद्री कार्कीले १ सय ५९ मत प्राप्त गरे । बरिष्ठ उपाध्यक्षमा सुरेशकुमार चौधरी विजयी बन्न सफल भए । चौधरीले १ सय ७५ मत ल्याएर विजयी हँदा प्रतिस्पर्धी हेमराज खतिवडाले १ सय ६६ मत ल्याए ।


त्यस्तै महिला उपाध्यक्षमा राजकुमारी भण्डारले १ सय ८८ मत ल्याएर विजयी हँुदा प्रतिस्पर्धी रेखा पराजुलीले १ सय ६६ मत प्राप्त गरिन । कुल ४ सय ३८ मतदाता रहेको कोशी प्रदेश कार्यसमितिको निर्वाचनमा जम्मा ३ सय ४८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।