रुस गएका नेपाली विद्यार्थी अलपत्र परेपछि एनओसीमा रोक

काठमाडौं/४ पुस– वैदेशिक अध्ययन अनुमति शाखालाई उच्च शिक्षा अध्ययनका लागि रुस जाने नेपाली विद्यार्थीलाई अध्ययन अनुमति पत्र (एनओसी) दिन बन्द गरेको छ । शैक्षिक परामर्श संस्थाहरुको झुठा र अव्यवहारिक आश्वासनमा परेर उच्च शिक्षाका लागि रुस गएका अधिकांस नेपाली विद्यार्थीहरु अलपत्र परेपछि एनओसी दिन बन्द गरिएको हो ।


उनीहरुलाई पढाइ भन्दापनि आर्थिक अवसर तथा युरोप छिर्न सकिने प्रलोभनमा पारी रुस पठाइएको र शैक्षिक परामर्श संस्थाहरुले भने जस्तो अवसर नपाउनुका साथै दैनिकी समेत कष्टकर रहेको भन्दै विद्यार्थीहरुले नेपाली राजदूतावास मस्कोमा सम्पर्क गरे पछि एनआसीमा रोक लगइएको मन्त्रालयले जनाएको छ ।


पछिल्लो समय उच्च शिक्षाका लागि रुस गएका नेपाली विद्यार्थीहरु अलपत्र परेको, उनीहरुको दैनिकी समेत कष्टकर रहेको, अलपत्र परेकै कारण मानसकि रुपमा समेत विक्षिप्त भएको भन्दै उद्धारका लागि दूताबासलाई आग्रह गरेका छन् । दिनानु दिन अलपत्र परेका नेपाली विद्यार्थीको संख्यामा वृद्धि हुन थालेपछि नेपाली राजदूतावास मस्कोले विशेष पहल उठाउन र आवश्यक व्यवस्था गरीदिन परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएकोले एनओसीमा रोक लगाइएको छ ।


गत साउन यता रुसका लागि एनओसी लिने विद्यार्थी संख्या ९ सय ७२ रहेको छ ।


यस्तो छ नेपाली राजदूतावास मस्कोले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र :