काठमाडौं/२३ मंसिर-कतारमा जारी फुटबलको महासंग्राम अर्थात फिफा विश्वकप २०२२ क्वाटरफाइनलका खेलहरु आजदेखि सुरु हुँदैछन् । आज हुने पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ भने दास्रो राति पौने १ बजे नेदरल्याण्ड्स र अर्जेन्टिनाको क्वाटरफाइनलका लागि खेल हुनेछ ।
यसै सन्दर्भमा हब इन्टरनेशनल एजुकेशनले फुटबल सर्वप्रिय खेल भएको र फिफा विश्वकप २०२२ को नेपालीहरुमा निकै ठुलो क्रेज भएकोले यसलाई मध्यनजर गर्दै प्रेडिक्ट एण्ड विन इभेन्ट सञ्चालन गरेको छ । साथै विद्यार्थी तथा फुटबललाई माया गर्ने व्यात्तिहरुका लागि अझ रमाइलो होस भनेर इभेन्ट सञ्चालन गरिएको हबले जनाएको छ ।
यसका लागि फिफा विश्वकप कुन देशले जित्नेछ अनुमान गरि नाम लेखेर हबको फेसबुक लिङ्कबाट म्यासेज गर्नुपर्ने छ । यदी अनुमान मिलेको खण्डमा दुई जनालाई काठमाण्डौंबाट चितवन जान आउन, फाईभ स्टार बराबरको होटलको व्यवस्था गरिने र हात्ती सफारीका लागि टिकट उपलब्ध गराउने हबले जनाएको छ ।
तलको फेसबुक लिङ्कमा गई अनुमान गर्न सकिनेछ :



