काठमाडौं/२२ मंसिर-त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले शैक्षिक उपाधि प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरुबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता नदिने भएको छ ।
फिलिपिन्स लगायत देशका शैक्षिक उपाधि प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरुबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्र केन्द्रबाट प्रदान गरिएको समकक्षता खारेज गर्दै समकक्षता नदिने भएको हो ।
यस्ता खालका कुनैपनि संस्थाहरुबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता नदिने मंसिर ९ गते बसेको मान्यता तथा समकक्षता निर्धारण समितिको निर्णयबाट खारेज गरीएको केन्दैले जनाएको छ ।
यस्ता खालका समकक्षता कतिपय निकायमा पेस भएको भन्ने जानकारी आएकोले केही कसैले उल्लेखित संस्थाबाट प्राप्त प्रमाणपत्रहरुको समकक्षता केन्द्रबाट लिई वा नलिई पेस गरेमा त्यस्ता समकक्षताको कानुनी मान्यता नहुने जनाएको छ ।
साथै कुनै शैक्षिक तह उत्तीर्ण नगरी सो तहभन्दा माथिल्लो तहमा भर्ना भई उत्तीर्ण गरी समकक्षता माग गरेको खण्डमा समकक्षता प्रदान गर्न नसकिने निर्णय गरीएको समेत केन्द्रले बताएको छ ।



