पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता पत्र लिन अनलाइन आवेदन दिनुपर्ने

काठमाडौं/१५ मंसिर-पाठ्यक्रम विकास केन्द्र मान्यता तथा समकक्षता शाखाले समकक्षताका लागि अनलाइन आवेदन भर्नुपर्ने जनाएको छ । पुस एक गतेदेखि अनलाइनबाट प्रमाणित भएका विद्यार्थीलाई मात्र समकक्षता दिने जानकारी दिँदै अनलाइन आवेदन दिन आग्रह गरेको हो ।


केन्द्रले जारी गरेको सूचना अनुसार विदेशी शैक्षिक संस्था तथा विभिन्न बोर्डहरुबाट माध्यमिक तह (कक्षा १० र १२) उत्तीर्ण गरेका परीक्षार्थीहरुले पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता गराई समकक्षता पत्र लिनुपर्ने भएमा केन्द्रको वेबसाइट www.moecdc.gov.np  of Letter of Equivalance Tab बाट अनलाइन मार्फत विवरण भरी आवश्यक कागजात अपलोड गर्न आग्रह गरेको छ ।


साथै अनलाइनबाट रुजु भएका विद्यार्थीलाई मात्र सेवा प्रवाह गर्ने भएको जानकारी दिएको छ ।