काठमाडौं/१५ मंसिर–विश्वविद्यालय अनुदान आयोेगले विभिन्न कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरेको छ । उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीहरुलाई छात्रवृत्ति तथा अनुदान, अध्ययन अध्यापनमा संलग्ग्न शिक्षक तथा कर्मचारीको सिप दक्षाता क्षमता अभिवृद्धिका लागि प्रस्ताव माग गरेको हो ।
साथै अनुसन्धान विधि तालिम, अनुसन्धान सहायता, सामुदायिक क्याम्पसहरुलाई सञ्चालन तथा भौतिक विकास अनुदान लगायतका कार्यक्रमहरुद्धारा उच्च शैक्षिक संस्थाको शैक्षिक, प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि गर्न आयोगले विभिन्न कार्यक्रम सञ्चालनकका लगि प्रस्ताव माग गरेको जनाएको छ ।




