काठमाडौं/१४ मंसिर–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक नेपाली र संस्कृत विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बागमती,मधेश गण्डकी प्रदेशको निमावि नेपाली र संस्कृत विषयको नतिजा सार्वजनिक गरेको हो ।
निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सातै प्रदेशको गणित विज्ञान विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।
यहाँबाट हेर्नुहोस नतिजा :



