निर्वाचन आयोगले कर्मचारी र शिक्षक विच विभेद गरेको भन्दै विरोध

काठमाडौं/२२ कार्तिक-नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मोरङले निर्वाचनमा खटाइएका शिक्षकहरुलाई अमर्यादित ढङ्गले विभेद गरएिको भन्दै विरोध जनाएका छन् । निर्वाचनमा खटाइएका कर्मचारी मध्ये अन्य सेवाका कर्मचारीको तुलनामा शिक्षकहरुलाई अमर्यादित ढङ्गले विभेद गरएिको भन्दै विरोध जनाएका हुन् ।


सोमबार दुइ संघ र संगठनले वेग्ला वेग्लै विज्ञप्ति जारी गर्दै निर्वाचन प्रायोजनका लागि कार्यक्षेत्रमा खटाइएका कर्मचारीका सन्दर्भमा समान तहमा कार्यरत अन्य सेवाका कर्मचारीसँग पदीय रोलक्रमको ख्याल नगरी शिक्षकहरुप्रति गरीएको अपमानजनक व्यवहारप्रति गम्भिर ध्यानाकार्षण भएको जनाएका छन् ।


“निर्वाचा आयोगको नजरमा शिक्षकले मतदान अधिकृत र सहायक मतदान अधिकृतको सपना देख्न हुँदैन, अधिकृतको योग्यता पुगेको शिक्षकहरुले त अन्य सेवाका कनिष्ठ कर्मचारीको मातहतमा रहेर मात्र काम गर्नुपर्छ, शिक्षकको तह र श्रेणी हुँदैन भए पनि मिलाइ रहनु पर्दैन, जुनसुकै पदमा खटाए पनि जान्छन भन्ने मानसिकताले काम गरेको पाइयो, आयोगको यस्तो निन्दनीय र हेपाहा प्रवृतिको भ्रत्सना एवम् विरोध गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।


साथै जिम्मेवारी प्रदान गरीएका शिक्षकहरुलाई तह र श्रेणी अनुसारको पद कायम गरी निर्वाचन कार्यालयले प्रकाशित गरेको जिम्मेवारी सूची अविलम्ब संशोधनका साथ पुनः प्रकाशित गर्न निर्वाचन आयोग समक्ष माग गरेका छन् ।