काठमाडौं/१५ कार्तिक-नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नयाँ सरकार बनेको ६ महीनभित्र संघीय शिक्षा ऐन जारी गरीने घोषणा गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गर्दै संघीय शिक्षा ऐन ६ महीना भित्र जारी गर्ने र प्रदेश तथा स्थानीय तहको शिक्षा ऐन निर्माणमा सहजीकरण गर्ने घोषणा गरेको हो ।
त्यसैगरी लामो समयदेखि अध्ययपन गराइरहेका एक लााखभन्दा बढी राहत, करार लगायतका शिक्षक तथा प्रध्यापकलाई विशेष कानुनी व्यवस्था गरी स्थायी गरीने घोषणापत्रमा उल्लेख छ । शिक्षक र निजामती कर्मचारीको सेवासुविधामा रहेको विभेद पूर्णतया अन्त्य गरी एकरूपता कायम गरिने प्रतिवद्धता पत्रमा भनिएको छ ।
साथै विद्यालय तहमा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधालाई व्यवस्थित गरी उनीहरुका समस्याको समाधान गरिने पत्रमा उल्लेख छ । लामो समयदेखि आंशिक प्राध्यापकका रूपमा कार्यरत प्राध्यापकहरूलाई करार तथा स्थायी गराउने प्रक्रिया अगाडि बढाइने घोषणा उल्लेख छ ।






