काठमाडौं/१२ कार्तिक-नेपाली कांग्रेसले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको बर्षौदेखिको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएको छ । आज चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वनिक गर्दै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको समस्याको न्यायिक र दीर्घकालिन समाधान गर्ने जजाएको हो ।
“सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु बर्षैदेखि दरबन्दि, सुविधा, उमेर हदको अनिश्चितता तथा उचित तलब र पेन्सनको सुविधाबाट वञ्चित रहेको समस्याको न्ययिक र दीर्घकालीन समाधान गर्ने छौं”सङ्कल्पपत्र (घोषणापत्र) भनिएको छ ।




