नर्सिङ विषयको फेलोसिप कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग

काठमाडौं/७ कार्तिक-चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान डीनको कार्यालय वीर अस्पतालले फेलोसिप ईन पेडियाट्रिक अन्कोलोजि नर्सिङ कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक वर्ष २०७९/०८० मा सञ्चालन हुने सो विषयको फेलोसिप कार्यक्रमका लागि आवेदन माग गरेको हो ।


उक्त विषयमा भर्ना हुनका लागि नेपाल नर्सिङ काउन्सिल दर्ता भई मान्यता प्राप्त शैक्षिक संस्थाबाट चाइल्ड हेल्थ वा पेडियाट्रिक, अन्कोलोजि नर्सिङ विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण भई मान्यता प्राप्त अस्पतालहरुमा कम्तीमा १ वर्ष अनुभव भएको हुनुपर्ने छ ।


योग्यता पुगेका उम्मेदवारहरुले वितरण गरीने प्रवेश परीक्षा फारममा उल्लेख भएका सम्पुर्ण कागजात संलग्न गरी फारम भरी कार्तिक २७ गतेभित्र डीनको कार्यालय वीर अस्पतालमा बुझाउनु पर्ने छ ।