त्रिविद्धारा बिएस्सी सिएसआईटी प्रवेश परीक्षाको आवेदन दिने समय थप

काठमाडौं/४ कार्तिक-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले बिएस्सी सिएसआईटीमा नयाँ भर्नाका लागि सञ्चालन गर्ने प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थप गरेको छ ।


विश्वविद्यालयले स्नातक तहको बिएस्सी सिएसआईटीमा नयाँ भर्नाका लागि सञ्चालन गर्ने प्रवेश परीक्षाको तालिका र समय संशोधन गर्दै प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थप गरेको हो ।


संशोधन गरीएको मिति अनुसार कार्तिक १६ गतेसम्म देब्बर दस्तुर तिरी आवेदन फारम बुझाउन सकिने छ भने कार्तिक २९ गते दिनको १२ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ ।