माध्यामिक तह,तृतीय श्रेणी नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन (नतिजासहित)

काठमाडौं/२६ असोज-शिक्षक सेवा आयोगले तीन प्रदेशको माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगले कर्णाली, बागमती, लुम्बिनी प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।


शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको आयोगले असोज २५ र २६ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतको प्राप्ताङ्कको आधारमा नतिजा सार्वजनिक गरेको छ ।


साथै बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको नतिजा पनि सार्वजनिक गरेको छ ।

नतिजा यहाँबाट हेर्नुहोस :

कर्णाली प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=201&fn=karnali%20pradesh%20nepali%20website%20finalized.pdf

लुम्बिनी प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=200&fn=lumbini%20nepali%20website%20finalized.pdf

बागमती प्रदेश :

tsc.gov.np/getfiles?t=0&tl=0&IC=199&fn=bagmati%20pradesh%20website%20finalized.pdf

बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=202&fn=sukla%20yajurbed%20gandaki%20nyaya%20bagamti%20pradesh%20result%20finalized.pdf