सुर्खेत/९ असोज-प्राविधिक शिक्षा तथा व्यािसावयक तालीम परिषद् (सिटिइभिटी)ले उप-केन्द्र निर्धारण गरेको छ । असोज ५ गते प्रकाशित परीक्षा केन्द्र कायम गरीएको सूचना अनुसार कर्णाली प्रदेशमा उप केन्द्र निर्धारण गरेको हो ।
कार्णाली प्रदेश अन्तर्गत एक ओटा मात्र केन्द्र कायम गरीएकोमा दैलेख टेक्निकल स्कूल, दैलेखमा आवेदन दिएका परीक्षार्थीहरूको लागि श्री सरस्वती माध्यामिक विद्यालय, तरताङ्ग दैलेखमा उप–केन्द्र कायम जनाएको छ ।
सूचना यहाँबाट हेर्न सकिन्छ :
http://itms.ctevt.org.np:5580/uploads/notices/1663910506_635d5a00cdfd66d8e8f4.pdf



