ललितपुर/८ असोज–ललितपुरको सानेपास्थित क्यम्पियन कलेजले यो वर्षबाट बिएएसडब्लु अध्यापन गराउने भएको छ । व्यवस्थानपन संकाय अध्यापन गराउने एक विशेष पहिचान बनाउन सफल यस कलेजले यो वर्षदेखि बिएएसडब्लु अध्यापन गराउने भएको हो ।
त्रिभिुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सिजी एजुकेशन मार्फत सञ्चालित क्याम्पियनमा स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन संकाय, मानविकी संकाय अन्तर्गतका विषयहरुमा अध्यापन गराउँदै आएको थियो भने यो वर्षबाट साईकोलोजि मुख्य विषय बनाएर बिएएसडब्लु अध्यापन गर्न भएको कलेजले जनाएको छ । सन् १९९७ मा स्थापना भएको यो कलेज विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने गरेको छ ।
बिएएसडब्लु अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो रुचि अनुसार विभिन्न संघ संस्था छनोट गरी अध्ययन हुँदाहुँदै पनि जागिर गर्दै आफ्नो प्रयोगात्मक र सिप विकास गर्न सक्नेछन् । साथै भविष्यमा समाजलाई ठुलो योगदान पु¥याउन सक्नेछन् । यो विषय अध्ययन पश्चात विद्यार्थीहरुले एनजिओ, आईएनजिओ, सरकारी कार्यालयमा, निजी संस्थाहरुमा,कानूनी कार्यालयहरुमा र क्लिनिकल तथा काउन्सेलिङ साईकोलोजि लगायतका धेरै क्षेत्रमा अवसर प्राप्त गर्नुका साथै भविष्य निर्माण गर्न सक्ने छन् ।
अहीले कलेजले नयाँ शैक्षिक सत्रका लागि व्यावस्थापन संकायको स्नातक तहमा बीबीए र बिबिएस र मानबिकी संकायको स्नातक तहतर्फ बिएएसडब्लु, बिए (साईकोलोजि)मा भर्ना गरीरहेको जनाएको छ । कलेजले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा बढी केन्द्रीत रहेर पठनपाठन गर्ने गरेको छ । सैद्धान्तिक पढाईलाई भन्दा पनि जिवन उपयोगी शिक्षा प्रदान गर्दे आईरहेको छ । जसमा सेन्टर अफ एक्सिलेन्स पर्दछ । यसमा विद्यार्थीहरुलाई विभिन्न ६ वटा कार्यक्रममा सहभागी गराईन्छ ।
सैद्धान्तिक कुरामा मात्र विद्यार्थीहरुलाई जोड नदिई प्रयोगात्मक विषयमा पनि जोड दिँदै आईरहेका छ । विद्यार्थीहरुलाई फिल्ड वर्क, ग्रुप वर्क र इन्र्टनसिप गराउने कार्य महत्व दिँदै आएको छ । कलेजले मासीक रुपमा अनप्लग कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यो काय्रक्रमले विद्यार्थीहरुको प्रतिभा, दक्षता, अनुभव र ज्ञानलाई कलेजमा रहेका शिक्षित, उद्यमी र व्यवसायीहरुको समूहले विद्यार्थीको ज्ञान र भविष्यको पदोन्नति र विकासका लागि उनीहरुका दृष्टिकोणमा परिवर्तन गर्न र सिक्न सहयोग गरेको पाइएको छ ।
क्याम्पियन कलेजले विद्यार्थीहरुलाई सांस्कृतिक शिक्षा तालिम ओरेन्टेसन, काउन्सिलिङ्गका अतिरितm क्रियाकलाप लगायतका अन्य शैक्षिक कार्यक्रमहरु गर्ने गरेको छ । कलेज आफ्ना विद्यार्थीलाई सहज होस भनेर आन्टरप्रेनरसिपको कार्यक्रम सञ्चालन, जब फेयर गरी विभिन्न संस्थाहरुमा विद्यार्थीलाई रोजगार उपलब्ध गराउने, गेष्ट लेक्चर, विभिन्न फिल्डमा भिजिट गराउने, करीयर काउन्सेलिङ दिने लगायतका विषयमा विद्यार्थीलाई सहज गर्दै आएको छ ।




