स्टिम विधिबाट सिकाइ सुधार गर्न सरकार, विश्वविद्यालय र विद्यालयविच सहकार्य आवश्यक

काठमाडौं/४ असोज-काठमाडौ विश्वविद्यालयको आयोजना तथा वाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा वाग्मती प्रदेश अन्तर्गतका विद्यालयहरुमा स्टिम विधिको प्रयोग गरी सिकाइ सुधार गर्ने उदेश्यले विभिन्न २३ विद्यालयका विज्ञान शिक्षकहरुको तीन दिने कार्यशाला सम्पन्न भएको छ ।


उक्त कार्यशालामा स्टिम विधि के हो र किन आवश्यक छ, भन्ने सम्बन्धमा शिक्षकहरुलाई अभिमुखीकरण गर्नुका साथै परियोजनामा आधारित सिकाइ, खोजमा आधारित सिकाइ र कलामा आधारित सिकाइ विधिका प्रयोग सम्बन्धमा शिक्षकहरुको क्षमता विकास गरिएको थियो । यस व्रmममा सहभागीहरुले समुहमा वा व्यक्तिगत रुपमा सिकाइ व्रिmयाकलापहरु विकास गरी प्रस्तुतीकरण तथा पृष्ठपोषण साटासाट गरिएका थिए ।


कार्यशालामा पहिलो दिन काठमाडौ विश्वविद्यालयका उप प्राध्यापक विनोद प्रसाद पन्तले नैतिकता, मानवीयता र दिगोेपना सहितको विकासका लागि विद्यार्थीहरुमा सानैदेखि स्टिम निर्देशित आचरणको विकास आवश्यक भएको कुरा बताए ।

कार्यशालामा सहजकर्ता शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्राविधिक अधिकृत खिल नारायण श्रेष्ठ र सरस्वती निकेतन मावि, काठमाडौँका प्रअ रविना महर्जनले गरेका थिए भने कार्यशालाको संयोजन डा. पार्वती ढुङ्गानाले गरेकी थिइन ।


कार्यशालामा सहभागीहरु निकै उत्साहित र सक्रिय देखिन्थे । कार्यक्रमको अन्तमा सहभागीहरुको तर्फबाट बोल्दै भरत पोखरेलले कार्यशालाबाट स्टिम विधि प्रयोग गर्न सिकाइ क्रियाकलापहरु विकास गर्ने सिप विकास भएको जुन शिक्षण सिकाइमा रुपान्तरण गर्न अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरेका थिए । छोटो समयमा सहभागीहरुले स्टिम विधिको अवधारणालाई समातेर सिकाइ व्रिmयाकलापका लागि विषय वस्तुमा आधारित गित, कविता, सम्बाद, परियोजना कार्य, खोज कार्य लगायत विकास गर्न सफल भएका थिए ।


सिकाइलाई विद्यालयमा कार्यान्वयन गर्न आगामी ६ महिनासम्म निरन्तर टेवा पु¥याउन अनलाइन कोर्ष समेत विकास भएको र उक्त कोर्षमा सहभागीहरुलाई भर्ना गरिसकिएको कुरा आयोजकले जानाएको छ ।


कार्यशाला समापन सत्रमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइटेलले विद्यालयमा स्टिम विधिबाट सिकाइ सुधार गर्ने कार्यमा सरकार, विश्वविद्यालय र विद्यालयविच सहकार्य आवश्यक हुने कुरामा जोड दिए ।


यस अघि सोही विद्यालयका प्रअ तथा विव्यस अध्यक्ष वा शिक्षक अभिभावक संघका संयोजकहरुलाई एक दिने अभिमुखीकरण कार्यव्रmम सञ्चालन गरिएको थियो ।