काठमाडौं/२९ भदौ–प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको सर्वाङ्गीण व्याक्तित्व विकासको लागि नेपाल सरकारले नीतिगत, काजूनी, संस्थागत र संरचनागत व्यवस्था गर्दै विभिन्न कार्यक्रमको तर्जुमा एंव कार्यन्वयन गर्दे आइरहेको बताउनु भएको छ ।
५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण नेपाली बालबालिकामा शुभकामना व्यक्त गर्दै बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मानेरञ्जन खेलकुद लगायत सर्वाङ्गीण व्याक्तित्व विकासको लागि कार्यक्रमको तर्जुमा एंव कार्यन्वयन गर्दे आइरहेको बताउनु भएको हो ।
उहाँले बालबालिकाको समग्र हक अधिकारको संरक्षण एंव विकासमा संघका अतिरिक्त प्रदेश र स्थानीय सरकारहरुले पनि उत्तिकै जिम्मेवारी बोधका साथ कामगर्नुपर्ने खाँचो रहेको बताउनु भएको छ । भन्नु भयो “बालबालिकाको हक अधिकार संरक्षण र बालमैत्री समाज निर्माणका लागि तीनै तहका सरकारहरुबीच पारस्पारिक सहयोग, समन्वय र सहकार्य अनिवार्य छ ।” त्यसैगरी बालबालिकाको उज्वल भविष्यका लागि घर, परिवार, समाज एंव सबै सरोकारवालाहरु जिम्मेवार बन्नु आवश्यक रहेको भन्नु भएको छ ।
“हामी सबैको साझा लक्ष्य र गन्तव्य भनेको बाल अधिकार सुनिश्चित भएको राष्ट्र निर्माण गर्नु हो । बालबालिकाको अधिकार सम्मान, संरक्षण र प्रवद्धन गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु हाम्रो दायित्व हो । सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र बालअधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माण गर्न सकिन्छ भन्ने मैले अपेक्षा गरेको छु” प्रधानमन्त्री देउवाले भन्नु भयो ।
योवर्षको राष्ट्रिय बाल दिवस “बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको छ । नेपालले बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएको ३१ वर्ष पुरा भइसकेको छ ।



