काठमाडौं/२८ भदौं-त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट सेमेस्टर प्रणालि अन्तर्गत स्नातक तहका विभिन्न कार्यक्रममा भर्नाका लागि लिने सिम्याटको परिक्षा केन्द्र निर्धारण गरेको छ । आगामी भदौ ३० गते संचालन हुने सिम्याट परिक्षा केन्द्र निर्धारण गरेको हो ।
शैक्षिक बर्ष २०७९–८० को भर्नाका लागि सञ्चालन हुने प्रवेश परिक्षा अन्तर्गतको सिम्याट परिक्षा बिहाना ८ बजे देखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले प्रदेश अनुसार परीक्षा केन्द्र निर्धारण गरेको छ ।
यहाँबाट हेर्न सकिन्छ परीक्षा केन्द्र :
https://www.fomecd.edu.np/cms/dhurbas/Exam-Center-for-CMAT-20220001.pdf



