काठमाडौं/२१ भदौं-त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डिन कार्यालयले स्नातक तहको प्रवेश परीक्षा सिम्याटको मिति परिवर्तन गरेको छ । व्यवस्थापन संकायको डिन कार्यालयल अन्तर्गत संचालन गरीने स्नातक तहको प्रवेश परीक्षा सिम्याटको मिति परिवर्तन गरेको हो ।
विश्वविद्यालयले स्नातक तहको प्रवेश परीक्षा सिम्याट पूर्व प्रकाशित सूचना अनुसार आगामी भदौ २५ गते हुने सूचना प्रकाशन गरेकोमा त्यसलाई संशोधन गरी भदौं ३० गते बिहान ८ बजे सञ्चालन हुनेगरी मिति संशोधन गरेको जनाएको छ ।
त्यसैगरी आवेदन दिने परीक्षार्थीहरुको आवेदन फारम भदौ २८ गते बेलुका ५ बजे सम्मा अनिवार्य रुपमा क्याम्पस, कलेजहरुमा डीन कार्यलयमा प्राप्त भैसकेको हुनुपर्ने सूचनामा उल्लेख गरेको छ ।




