दुई लाख बढीले निमाविको लाइसेन्स परीक्षा दिँदै, माविको लाइसेन्स वितरण भदौमा

काठमाडौं /२४ साउन-शिक्षक सेवा आयोगले सञ्चालन गर्ने निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुनेको संख्या दुई लाख ३ हजार १ सय ३१ जना रहेको जनाएको छ । साउन २८ गते बिहान ८ बजेदेखी देशका २४ जिल्लामा निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको परीक्षा हुँदैछ ।


परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने प्रश्न पत्र लगायत परीक्षा रामाग्रीहरु सम्बन्धित परीक्षा केन्द्र रहेका जिल्लाहरुममा ढुवानी कार्य जारी रहेको आयोगले जानकारी दिएको छ । आयोगले देशका २४ जिल्लामा ७ सय ९२ परीक्षा केन्द्र निर्धारण गरेको छ ।


मावि तहको लाइसेन्स वितरण गर्ने तयारीमा :


शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र भदौको दोस्रो हप्ताबाट वितरण गर्ने तयारी गरेको छ । अहिले छपाई कार्य भइरहेको जानकारी दिदैँ भदौको दास्रो हप्ताबाट सम्बन्धित जिल्लामा नै पठाउने गरी तयारी गरेको जनाएको हो ।
आयोगले असार १८ गते परीक्षा सञ्चालन गरेको थियो भने साउन ३ गते अध्यापन अनुमति पत्रको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।


आयोगका अनुसार नतिजा प्रकाशन गरेको मितिले १५ दिनभित्र सम्बन्धित उम्मेदवारले सच्याउनका लागि अनलाईन मार्फत आवेदन आव्हान गरेको निवेद परेकाहरुको सच्याउने कार्य अध्यापन अनुमतिपत्रको छपाईको कार्य सँगसँगै भइरहेको जनाएको छ । छपाई कार्य समाप्त भएपछि आन्तरीक व्यवस्थापन गरी परीक्षा केन्द्र रहेकै जिल्लाबाट वितरण गर्ने तयारी गरेको छ ।