सामाजिक कार्यमा अग्रसर एक्सपोर्टले मनायो १९ औं स्थापना दिवस

काठमाडौं /२४ साउन-१९ औं बर्ष पुरा गरेको अवसरमा एक्सपोर्ट एजुकेसन एण्ड भिजा सर्भिसले सामाजिक र परोपकारी काम गरेर स्थापना दिवस मनाएको छ । सामाजिक उत्तरदयित्व अन्तर्गत विभिन्न व्यक्ति र संघ संस्थालाई सहयोग गरी एक्सपर्टले यसै बर्षबाट ‘एक्सपर्ट डे’ मनाउन सुरु गरेको हो ।


नेपालमा अब्बल शैक्षिक परामर्श दाता संस्थाको रुपमा स्थापित पुतली सडक स्थित एक्सपर्ट र एक्सपोर्ट फाउण्डेसनले रक्तक्यान्सरबाट पीडित १७ बर्षका किशोर सुशान्त सहीलाई आर्थिक सहयोग गर्दे स्थापना दिवस मनाएको छ ।


एक्सपोर्ट फाउण्डेसनको तर्फबाट ३० हजार र पुतली सडक शाखामा कार्यरत कर्मचारीहरूको तर्फबाट ३७ हजार ५११ गरि जम्मा ६७ हजार ५११ रुपैयाँ पीडितकी आमा पार्वती साहीलाई कार्यलयमै उक्त रकम प्रदान गरिएको कार्यकारी प्रमुख खेम संग्रौलाले बताए ।

यसअघि पनि एक्सपोर्टले २०७२ सालको भूकम्पको समयमा गोरखामा घर बनाउन १० हजार डलर सहयोग गरेको थियो । त्यस्तै सिन्धुपाल्चोकमा रहेको सेलाङ मावि पुनः निर्माणार्थ १० लाख, दुईवर्ष अघि कोभिडको महामारी भएको बेला अष्ट्रेलियामा रहेका ७ सय नेपाली विद्यार्थीहरूलाई ३ लाख अस्ट्रेलियन डलर बराबर रकमको राहत स्वरुप खाद्यान्न सहयोग र कोभिड कै बेला देशका १५ वटै शाखा मार्फत एआरएनए सँगको सहकार्यमा ५० थान अक्सिजन कन्सन्ट्रेट मेसिन वितरण गरी सहयोग गरेको संग्रौलाले बताए ।