शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक (पुस्तिकासहित)

काठमाडौं/१९ साउन-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका आर्थिक वर्ष २०७९–८० सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय साउन १७ गते मन्त्रीस्तरबाट स्वीकृत भइ प्रदेश र स्थानीय तहमा सर्सत अनुदान एवम् शिक्षा विकास तथा समन्वय इकाइमा कार्यन्वयन हुने बार्षिक कार्यक्रमसँग सम्बन्धित पुस्तिका सार्वजनिक गरिएको हो ।


प्रदेश, स्थानीय तह र इकाइ एवम् विद्यालयस्तरमा सञ्चालन हुने शैक्षिक कार्यक्रम कार्यान्वयनमा समन्वय र सहकार्यलाई सुदृढीकरण गरी शैक्षिक सेवा प्रवाह प्रभावकारी बनाउन सरोकारवालाहरूलाई सुसूचित गर्नु, विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गतका स्वीकृत कार्यक्रम कार्यान्वयनबाट बालबालिकामा न्यूनतम सिकाइ सुनिश्चित गरी समग्र विद्यालय शिक्षाको पहुँच, गुणस्तर तथा सान्दर्भिकता अभिवृद्धि गर्न सहजीकरण गर्नु, प्रदेश तथा स्थानीय तह र इकाइबाट सञ्चालन हुने विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा एकरूपता कायम गरी प्रभावकारी शैक्षिक व्यवस्थापन गर्न मदत पुर्याउने लगायतका उदेश्यका साथ केन्द्रले पुस्तिका सार्वजनिक गरेको हो ।


कार्यक्रम कार्यान्वयन पुस्तिका यहाँबाट हेर्न सकिन्छ :

https://www.cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-532227552.pdf