पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङमा विभिन्न विषयको परीक्षा आवेदन खुला

काठमाडौं/१८ साउन-पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले इन्जिनियरिङ संकाय अन्तर्गत अध्ययपन हुने विभिन्न विषयको परीक्षा आवेदन खुला गरेको छ । इन्जिनियरिङ संकाय अन्तर्गत सन् २०२२ मा सञ्चालन गरीने विभिन्न विषयको परीक्षा आवेदन खुला गरेको हो ।


विश्वविद्यालयले बिई सिभिल,कम्प्युटर, ई एण्ड सी, इलेकट्रोनिकल, जियोम्याट्रिक, बायोमेडिकल, बि आर्टिटेक्चर शैक्षिक कार्यक्रमहरुको प्रथम सेमेष्टर नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुका लागि परीक्षा आवेदन फारम खुला गरेको जनाएको छ ।


अध्ययनरत विद्यार्थीहरुको परीक्षा आवेदन भदौ ५ गतेसम्म भराई ७ गतेसम्म बैङ भौचर जम्मा गरी ८ गतेभित्र नियमअनुसारको परीक्षा शुल्क बापतको रकम बैङमा जम्मा गरी सो सक्कल भौचर र परीक्षा आवेदन फारम परीक्षा व्यवस्थापन कार्यालयमा उपलब्ध गराउन सम्पूर्ण कलेजहरुलाई आग्रह गरेको छ ।