सामुदायिक विद्यालयका ५० जना शिक्षकलाई एक वर्षे बिएड गर्न पूर्ण छात्रवृत्ति

काठमाडौं /१७ साउन-नेपाल खुला विश्वविद्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा एक वर्षे बिएडमा भर्ना खोलेको छ । सामाजिक शास्त्र तथा शिक्षा संकायतर्फ एक वर्षे बिएड (प्रोफेसनल डिग्री कोर्स)मा भर्ना खुलेको हो ।


शैक्षिक सत्र २०७९ को सेमेष्टर प्रणालीअन्तर्गत पहिलो सेमेष्टरका लागि भर्ना खुला गरिएको हो । इच्छुकले साउन २३ गतेसम्म फारम भर्न सक्नेछन् ।


साथै हाल सामुदयिक विद्यालय माध्यामिक तह कक्षा ९,१२ मा अध्यपनरत कार्यरत अध्यापन अनुमतिपत्र प्राप्त नगरेका शिक्षा शास्त्र संकाय भन्दा अर्को संकायबाट स्नातक वा स्नातकोत्तर गरी शिक्षण पेशामा प्रवेश गरेका कम्प्युटर इन्जिनियर शिक्षा, कृषि शिक्षा, सिभिल इन्जिनियरिङ शिक्षा, अंग्रेजी शिक्षा,गणित, विज्ञान शिक्षा विषयहरुमा विश्वविद्यालयको प्रकृयाबाट छनोट भएका शिक्षकहरु मध्येबाट पचास जनालाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ ।