त्रिविद्धारा सिम्याट परीक्षाका लागि आवेदन माग

काठमाडौं १७ साउन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले नयाँ भर्नाका लागि लिइने प्रवेश परीक्षा ( सिम्याट)को आवेदन माग गरेको छ । व्यवस्थापन संकाय अन्तर्गत बीबीए, बीबीएम, बीआईएम, बीपीएम, बीएचएम, बीटीटीएम, बीबीए फाइन्यानस, बीएमएस कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरेको हो ।


व्यवस्थापन संकायका विभिन्न कार्यक्रममा स्नातक गर्न चाहने इच्छुक विद्यार्थीले साउन १८ देखि भदौ १७ गते सम्म आवेदन दिइसक्नु पर्ने छ भने कक्षा ११ र १२ मा प्रत्येक विषयमा १.८ सीजीपीए र प्लस टु वा पीसीएल अथवा सो सरह मान्यता प्राप्त संस्थाबाट दोस्रो श्रेणीमा उत्तीर्ण विद्यार्थीले सिम्याटको परीक्षा दिन पाउनेछन् ।