भक्तपुर/१० साउन-राष्ट्रिष्य परीक्षा बोर्डले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने भएको हो ।
परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार सकभर त्रुटि कम होस् भनेर मसिनोसँग हेर्ने व्यस्त भएकाले साउन ११ गतेमात्र नतिजा सार्वजनिक गर्ने भएको जानकारी दिए । विद्यार्थी, परीक्षा केन्द्र, शिक्षक, उत्तरपुस्तिका परीक्षक, सम्परीक्षकलगायतका कारणले परीक्षामा त्रुटि हुन सक्ने भन्दै त्यसमा सकेसम्म कुनै त्रुटि नहोस भन्दै हेरीएको उनले बताए ।
गत वर्षको एसईई गएको वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा चार लाख ९५ हजार परीक्षामा सहभागी भएका थिए ।




