३० औं अधिवक्ता तहको लिखित परीक्षा भदौ २३ देखि

काठमाडौं /१२ असार-नेपाल कानून व्यवसायी परिषद्ले ३० औं अधिवक्ता तहको लिखित परीक्षा भदौ २३ देखि २६ गतेसम्म सञ्चालन गर्ने भएको छ ।


परिषद्ले बागमती प्रदेशको काठमाडौं, प्रदेश १ को बिराटनगर, मधेश प्रदेशको जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगडीमा सञ्चालन गर्ने भएको हो ।


३० औ परीक्षामा सहभागि हुन नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा १७(१) बमोजिम योग्यता पुगेका इच्छुक व्याक्तिहरुले आवश्यक कागजात नोटरी पब्लिकद्धारा प्रमाणित गराई असार १५ गतेदेखि भदौ १५ गतेभित्र दरखास्त फारम बुझाउनु पर्ने छ । साथै म्याद समाप्त भएको भोलिपल्टबाट अर्को सात दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त फारम बुझाउन सकिने छ ।