क्यम्पियन कलेज रिसर्च सेल कमिटी गठन

काठमाडौं/२५ जेठ-ललितपुर स्थित क्यम्पियन कलेजले “क्यम्पियन कलेज रिसर्च सेल” कमिटी गठन गरेको छ । गत शनिबार एक कार्यक्रमका विच रिसर्च सेल कमिटी गठन गरीएको कलेजले जनाएको छ ।


वर्षमा १२ वटा जर्नल ६/६ महिनामा प्रकाशन गरिने र पढाईसँगै विद्यार्थीलाई रिसर्चसँग जोड्नका लागि रिसर्च सेल गठन कमिटी गरिएको क्यम्पियन कलेजकी प्रिन्सिपल तथा “क्यम्पियन कलेज रिसर्च सेलकी अध्यक्ष अनामिका श्रीवास्तवले बताइन । उनले स्वागत मन्तव्यमा राख्दै शिक्षक र विद्यार्थीलाई रिसर्च मुखी बनाउने उदेश्य रहेको बताइन । साथै रिसर्चको महत्व बारे प्रकाश परेकी थिइन ।


त्रिभुवन विश्वविद्यालय सेन्टर डिपार्टमेन्ट अफ म्यानेजमेन्टका असिस्टेन्ट प्रोफेसर डा. भरत सिंह थापा सल्लाहकार रहेका छन् । उनले कसरी रिसर्च पेपर लेख्ने र व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा आफ्ना भनाई राखेका थिए ।


कमिटीका सदस्य पदम डंगोलले रिसर्च किन जरुरी छ र किन रिसर्च गरीनुपर्छ भन्ने विषयमा बुझाएका थिए भने धन्यवाद मन्तव्य सदस्य सुमन रेग्मीले राखेका थिए । साथै सदस्यमा सुशील प्रसाद शर्मा रहेका छन् ।