काठमाडौं २५ जेठ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा प्रमाणपत्र तह प्रथम खण्डका कुनै पनि परीक्षा स्थगित नभएको जनाएको छ ।
सिटिइभिटीले सञ्चालन गर्ने डिप्लोमा प्रमाणपत्र तह प्रथम वर्ष प्रथम खण्डका विभिन्न कार्यक्रमहरुको सेमेष्टर परीक्षा असार २ गतेदेखि सञ्चालन हुने परीक्षा स्थगित नभएको जनाएको हो ।
सामाजिक सञ्जालमा केही व्याक्तिहरुले परीक्षा स्थगित भएको सूचना प्रबाह गरेकोे जानकारी दिदै परीक्षा नियन्त्रण कार्यालयबाट स्थगितको कुनै सूचना प्रबाह नगरीएको प्रष्ट पारेको छ ।
साथै परक्षिा नियन्त्रण कार्यालयबाट जेठ १३ गते प्रकाशित गरीएको परीक्षा तालिका अनुसार नै यथावत रुपमा परीक्षा सञ्चालन हुने जनाएको छ ।




