काठमाडौं /११ जेठ-सरकारले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा गर्ने निर्णय गरेसँगै संस्थागत विद्यालयहरुमा मतभेद देखिएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने बारे सकारले जेठ २६ गते राजपत्रमा प्रकाशित गरिसकेको छ ।
तर, केही पालीकाहरुले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गर्दै सञ्चालनका लागि निर्देशन दिएका छन् । बाँकी देशैभरका सबै सार्वजनिक विद्यालयहरु आइतबार बन्द भए ।
यता अधिकांश निजी विद्यालयहरु सञ्चालन भइरहेको अवस्थामा निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले भने आइतबार विद्यालय बन्द गर्न सदस्य विद्यालयहरुलाई निर्देशन दिदै विज्ञप्ति जारी गरेको छ ।
नेपाल सरकारले हालको विशेष परिस्थितिमा अर्को सहज अवस्था सिर्जना नभएसम्म अस्थायी रुपमा राज्यकोषको भारलाई कम गर्न गरेको प्रयत्नमा प्याब्सनकोे भूमिका सहयोगी रहने र मितव्ययिताको अन्य थुप्रै विकल्प माथि सरकारले बेलैमा ध्यान पु¥यावस भन्दै आइतबार विद्यालय बन्द गर्न विज्ञप्ति जारी गरेको छ ।
पाठ्यक्रमले निर्दिष्ट गरे बमोजिम पाठघण्टा र कार्यघण्टा कार्यन्वयनको ग्यारेन्टी नहुने निश्चित भएको उल्लेख गरेपनि सरकारले गरेको निर्णयलाई आत्मसाथ गर्दै प्याब्सन द्धारा निर्माण गरीएको शैक्षिक क्यालेण्डरमा संसोधन गरी विद्यालय बन्द गर्न प्याब्सनका पालिका समितिहरुलाई आव्हान गरेको छ । साथै नेपाल सरकारलाई यो अल्पकालीन व्यवस्थाका विच अन्य थुप्रै बिदाहरुको पुनरावलकन गरी समायोजन गर्न र कार्यदिन बढाउन माग गरेको छ ।
प्याब्सन केन्द्रका अध्यक्ष डीके ढुङ्गानाको हस्ताक्षर रहेको विज्ञप्तिमा बिदा सम्बन्धी अल्पकालिन परीक्षण पश्चात यथावत रुपमा शैक्षिक सत्र २०७९ मा १८० दिन पठनपाठनक हुने सुनिश्चितता सहित कक्षा सञ्चालन गरिने जनाइएको छ ।
केन्द्रीय प्याब्सनको निर्देशन बमोजिम स्थानीय प्याब्सनले सदस्य विद्यालहरुलाई सहज ढङगले कक्षा सञ्चालनका लागि सहजीकरण गर्न र शैक्षिक सत्र पुरा गराउन आवश्यक भूमिका निर्वाह गर्न समेत निर्देशन दिएको छ ।
केन्द्रीय प्याब्सनले विज्ञप्ति जारी गर्दै सदस्य विद्यालयहरुलाई आइतबार बन्द गर्न निर्देशन दिएपनि प्राय सबै निजी विद्यालयहरुले यसको विरोध जनाएका छन् । साथै गत आईतबार देशैभरका अधिकांश निजी विद्यालय सञ्चालनमा आए ।
यसै सवालमा प्याब्सन जिल्ला कार्य समिति काठमाडौंले प्याब्सन केन्द्रको निर्देशन प्रति असहमति जनाउँदै सम्पूर्ण सदस्य विद्यालयहरुलाई निर्वाध रुपमा विद्यालय आइतबार सञ्चालन गर्न आग्रह गरेको छ । कोभिड १९ का कारण विद्यार्थीहरुको शैक्षिक गतिविधि प्रभावीत भएको र शैक्षिक सत्र पनि एक मिहना ढिला सञ्चालन भएको अवस्थामा आइतबारको बिदाले विद्यार्थीको पठनपाठन बिग्रिने भन्दै निर्वाध रुपमा विद्यालय आइतबार सञ्चालन गर्न आग्रह गरेको जनाएको छ ।
प्याब्सन र नेशनल प्याब्सन काठमाडौंले संयुक्त विज्ञप्ति जारी गर्दै अहिलेको समयमा आइतबार बन्द गर्दा शैक्षिक गुणस्तरमा थप क्षति हुने, बालबालिकाको शिक्षण सिकाइ कार्यमा पर्याप्त समय नपुग्ने गुनासो आम अभिभावकबाट आइरहेको बेला यस विषयमा ध्यान नदिइ इन्धन बचाउने नाममा सबै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय विडम्बनापूर्ण रहेको भन्दै विरोध जनाएको छ ।
बहुसंख्याक अभिभावकहरु कामकाजी रहेको र आफ्ना बालबालिकासँग बस्न सम्भव नभएकोले आइतबार विदा हुँदा बालबालिकामा सामाजिकरण हुनु भन्दा समयको दुरुपयोग गर्ने सम्भावना बढी रहेकाले यो निर्णय हरेक दिृष्टिकोणबाट अव्यवहारिक, अवैज्ञानिक एवं दूरगामि नरहेको जनाएको छ ।
यस निर्णयबाट विद्यालयमा गई प्रत्यक्ष रुपमा शिक्षण सिकाइ गर्ने कलिला बालबालिकाको सिकाई प्रक्रियामा प्रत्यक्ष प्रभाव हुने भएकाले प्याब्सन तथा नेशनल प्याब्सनले सरकारको निर्णय प्रति असहमति जनाउँदै निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् ।
प्याब्सनका निवर्तमान अध्यक्ष टिकाराम पुरीले यसरी हप्ताको दुई दिनको बिदाले शिक्षा क्षेत्रको गुणस्तरमा ह्रास हुने बताउँदै बालबालिकाको सिकाइसँग जोडिएको क्षेत्र भएकाले अरु व्यावसाय र कम्पनी जस्तो गरी विद्यालय शनिबार र आइतबार बन्द गर्न नहुने बताएका छन् ।
उनले भने “विद्यालयहरुले १८० दिन कम्तिमा पठनपाठन गर्नुपर्ने व्यवस्था छ । तर यसरी बिदा दिने होे भने पाठ्यक्रमले निर्धारण गरे बमोजिम पठनपाठन गरेर समयमै सक्ने अवस्था हँुदैन । त्यत्रो अध्ययन गरेर बनाएको पाठ्यक्रमलाई इन्धनको खपत घटाउने भन्दै विद्यार्थीको भविष्यमा असर पर्ने गरी निर्णय गर्न मिल्दैन र यो शिक्षाका लागि राम्रो संकेत होइन ।”
हप्तामा दुई दिन बिदा दिने प्रचालन नेपालका लागि अभिसाप हुने भन्दै सरकारले जबरजस्ति नै गरे पनि निजी शैक्षिक क्षेत्रले बिदा गर्न नहुने उनको धारणा छ ।
यो सँगै जेठको पहिलो आइतबार प्याब्सन केन्द्रका कार्यसमितिमा रहेका धेरै विद्यालय सञ्चालकहरुले आफ्ना विद्यालय आइतबार बन्द गरेनन् । उनीहरुले आफुरहेको स्थानीय तहले पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको बताउँदै विद्यालय सञ्चालन गरेको खबर एजुकेशनलाई बताए ।
उनीहरुले भने एकातिर शैक्षिक सत्र ढिलो सञ्चालन भयो अर्को तर्फ पाठ्यक्रमले निर्धारण गरेको पाठ्यभार सक्न समयपुग्दैन साथै केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न निर्देशन दिएको अवस्था छ । यसकारणले पनि विद्यालय आइतबार बन्द गर्नु राम्रो देखिएन ।





